भारतीय गायक बाप्पी लाहिरीको निधन
मेरोन्यूज
२०७८ फागुन ४ गते ८:५१

काठमाडौं । भारतका दिग्गज गायक बाप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईले बुधबार बिहान मुम्बई अस्पतालमा उनको निधन भएको जनाएको छ ।
समाचारमा उल्लेख गरिए अनुसार उनका डक्टरहरुले उनको मृत्यु भएको पुष्टि गरेका छन्। लिहिरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए।
यद्यपि मंगलबारबाट उनको स्वास्थ्यमा पुनः समस्या आएपछि परिवारले घरमा नै डाक्टरलाई बोलाएका थिए। उनले स्वास्थ्यमा धेरै किसिमको समस्या रहेको अस्पतालका निर्देशक दीपक नाम्जोसीले बताएका छन्।
बप्पी लाहिरीले सन् १९७०–८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज भरेका छन्।
उनले सन् २०२० मा आएको बाग्गी ३ को गीत पनि गाएका थिए।
सम्बन्धित










पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु
कोप–३० मा नेपालको सहभागिता प्रभावकारी भइरहेको छ : मन्त्री डा परियार
एसिसी यु–१९ प्रिमियर कप खेल्ने नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
घुस रकमसहित दुई कर्मचारी पक्राउ
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया