पीडितलाई राहत दिने निर्देशिका पारित
काठमाडौँ । भक्तपुर नगरपालिकाको ११ औँ नगरसभाको बिहीबार बसेको बैठकले विपद् पीडितका लागि राहत निर्देशिका, २०७८ सर्वसम्मतिले पारित गरेको छ ।
नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्रभित्र बसोबास गर्नेलाई प्राकृतिक तथा मानव सिर्जित विपद्का कारण मानवीय तथा धन सम्पत्तिको क्षति भई पीडित भएकालाई राहत दिने उद्देश्यले उक्त निर्देशिका ल्याइएको हो ।
निर्देशिकामा विपद् पीडित परिवारलाई विपद्को प्रकृतिअनुसार भौतिक र मानवीय क्षति तथा अंगभंग भएमा क्षतिको अवस्था हेरी बढीमा एक लाखसम्म राहत दिन सकिने र पीडित परिवारलाई प्रमुखले क्षतिको अवस्था हेरी २५ हजारसम्म दिन सकिने व्यवस्था रहेको छ ।
बैठकमा सदस्यहरुको स्वास्थ्यसम्बन्धी जिज्ञासाको जवाफमा नगरप्रमुख प्रजापतिले ख्वप अस्पताललाई सय शैय्या क्षमताको स्वीकृति प्रदान गर्न आवश्यक पहल भइरहेको र अस्पतालले जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्य बोकेको बताए ।
बैठकको विशेष समयमा सदस्यले बिग्रेका सडक बत्तीको मर्मत सम्भार गर्नुपर्ने, हनुमन्ते खोला सुधारमा विशेष ध्यान दिनुपर्ने, भक्तपुरलाई दिइने रासायनिक मलको मात्रा वृद्धि गर्नुपर्ने, नयाँ बस्तीमा खानेपानीको उचित व्यवस्थापन हुनुपर्ने कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्नेलगायतका धारणा व्यक्त गरेका थिए ।















Former Minister Upreti passes away
गाजाका लागि ट्रम्पको ‘शान्ति बोर्ड’ : एक अर्ब डलरमा स्थायी सदस्यता
आयोगले सुरु गर्यो कल सेन्टर, निर्वाचनसम्बन्धी जानकारी लिन सकिने
यसवर्ष धान उत्पादन ४ प्रतिशतले घट्ने
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस फुटेर चुनाव राेकिँदैन : प्रचण्ड
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
पूर्णबहादुरकाे चेतावनी – आयोगले गगन समूहलाई मान्यता दिए देशभर आन्दोलन गर्छाैं
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
प्रतिक्रिया