आज संसद बैठक बस्दै, के होला एमसीसी ?

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) टेबल हुने कि नहुने भन्ने अन्योल छ ।
दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसीबारे कुनै उल्लेख गरिएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने उल्लेख गरेका छन् ।
तर, सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने बताएका थिए । बैठकको अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकबाट तय हुनेछ । प्रतिनिधिसभा बैठकअघि आज सत्ता गठबन्धनको बैठक बस्ने भएको छ ।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेका थिए । उनीहरूबीच करिब डेढ घण्टा छलफल भएको थियो ।
















नेपाल ‘ए’सँग स्कटल्यान्ड पराजित
स्वास्थ्य प्रतिष्ठानहरूमा निमित्त निर्देशक नियुक्त
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १७ प्यालेस्टिनी नागरिक पक्राउ
नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया