बुवाको हत्या आरोपमा दाजुभाइ पक्राउ
मेरोन्यूज
२०७८ फागुन ६ गते ९:१८
काठमाडौँ । बुवाको हत्या गरेको आरोपमा कीर्तिपुर नगरपालिकास्थित पाण्डेछापबाट दुई जना दाजुभाइलाई पक्राउ गरिएको छ । प्रहरीले बुवाको हत्या आरोपमा दुइ भाइ छोरालाई पक्राउ गरेको हो ।
बिहिबार साँझ ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई छोराहरूले प्रेशर कुकर र लोहोरोले हानेर हत्या गरेका थिए । पक्राउ पर्नेमा मृतकका छोराहरू ४५ वर्षका शंकर र ४० वर्षीय कृष्ण रहेका छन् ।
कुटपिटबाट घाइते भएका न्हुच्छेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत कीर्तिपुरले अनुसन्धान सुरु गरेको छ ।
सम्बन्धित













प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल
आन्तरिक सुरक्षा : स्थिरता, विश्वास र राष्ट्र सन्तुलनको आधार
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
आज २०८२ साल माघ १ गते बिहीवारको राशिफल
प्रतिक्रिया