अोली निवासमा एमाले नेताहरूको भेट वार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा एमालेका नेताहरूबीच भेट वार्ता भएको छ । वार्तामा नेताहरू शंकर पोखरेल, सुभाष नेम्वाङ, विष्णु पौडेललगायत सहभागी छन् ।
बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । त्यसको भोलिपल्ट आज बिहान एमाले नेताहरू बालकोटमा वार्ताका लागि सहभागी भएका हुन् । पत्नीसहित बालकोट पुगेका देउवाले ओलीसँग के कुरा गरे भन्नेबारे खुलाएका छैनन् ।
यस्तै, आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पेश गर्ने तयारी गरिरहँदा एमाले नेताहरू छलफलमा जुटेका हुन् ।
यसअघि प्रधानमन्त्री देउवाले एमसीसी संसदमा पेश गर्न सत्ता गठबन्धन दलहरूसँग छलफल गर्दै आएका थिए । गठबन्धनभित्र सहमति नजुटेपछि उनी ओलीलाई भेट्न पुगेका थिए । सोही विषयमा छलफल गर्न एमाले नेताहरू बालकोटमा छलफलमा जुटेको जनाइएको छ ।















विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया