मंगलबार, माघ ६, २०८२

सत्ता गठबन्धन दलका नेताहरूको बैठक सुरु

मेरोन्यूज २०७८ फागुन ६ गते १०:३४

काठमाडौँ । सत्ता गठबन्धन दलको बैठक सुरु भएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)बारे साझा धारणा बनाउने प्रसाय स्वरुप आज पनि बैठक बसेको हो ।

Advertisement
thakur moters insidethakur moters inside

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्ता साझेदारी दलका शीर्ष नेताहरू सहभागी भएका छन् । आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी हुँदै गर्दा साझा धारणा बनाउने प्रयास स्वरुप गठबन्धनका नेताहरु छलफल जुटेका हुन् ।

बिहीबार बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएसँगै प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

प्रतिक्रिया