देउवालाई ओलीले राखेको तीन प्रस्ताव अस्वीकार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार सत्ता गठबन्धनको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे । दुई नेताबीच करिब डेढ घण्टा भएको छलफलमा देउवाले ओलीलाई प्रतिनिधिसभा बैठकको अवरोध हटाउन आग्रह गरे ।
प्रधानमन्त्री देउवाको आग्रहलाई ओलीले आफ्नो माग पूरा गरे अवरोध अन्त्य हुने बताए । स्रोतका अनुसार यस क्रममा देउवासँग ओलीले तीन वटा मागको प्रस्ताव राखे ।
स्रोतका अनुसार ओलीले देउवासमक्ष तीन वटा प्रस्ताव राखेका थिए । जसमा देउवासँग ओलीले अरू दलका मन्त्रीहरूलाई तत्काल हटाउनु पर्ने, प्रतिनिधिसभा विघटन गरी अर्ली चुनाव गर्न र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाएको महाअभियोग फिर्ता गर्न प्रस्ताव राखेका थिए ।
देउवाले ओलीको प्रस्ताव तत्काल पूरा गर्न नसक्ने धारणा राखेर बाहिरिएका थिए । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्नु पर्ने अन्तिम मिति नजिकिँदै गर्दा देउवाले छलफललाई तीव्र बनाउँदै आएका छन् ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया