ज्ञानेन्द्र शाहीः भ्रष्टाचारविरुद्धको अभियन्ता हुँदै राप्रपा प्रवक्ता

काठमाडौं । भ्रष्टाचारविरुद्धको सामाजिक अभियन्ता अभियन्ता अन्ततः सक्रिय राजनीतिमा प्रवेश गरेका छन् ।
आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका शाहीलाई युट्युबरहरुले पनि निकै पछ्याइरहेका हुन्थे । जनसरोकारका विषयमा खुलेर बोल्ने शाही भ्रष्टाचारीलाई रंगेहात समाउन केही युट्युबरहरुलाई सँगै बोकेर पनि हिड्थे ।
सामाजिक अभियन्ता हुँदै उनले राजनीतिक पार्टी बनाएका शाही केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरे ।
राप्रपा प्रवेश गरेको केही दिनमै उनले पार्टी प्रवक्ताको जिम्मेवारी पाएका छन् । सामाजिक अभियानका क्रममा कुशल बक्ताका रुपमा चिनिएका उनलाई राप्रपाले पाँचौ प्रवक्ताका रुपमा मनोनित गरेको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार शाहीलाई केन्द्रीय सदस्य बताउँदै प्रवक्तामा नियुक्त गरेका हुन् ।
मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुनसुन्दर लावती र गोपाल दाहाल यसअघि राप्रपाको प्रवक्ता मनोनित भइसकेका छन् ।
















सञ्चारमन्त्री खरेलले दिए राजीनामा
उम्मेदवारी दिन रुकुम पूर्व पुगे प्रचण्ड
विप्लवले चुनाव नलड्ने
Minister Gupta resigns
Election preparations up in Manang
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रतिक्रिया