रञ्जु दर्शनाले गरिन् इङ्गेजमेन्ट
मेरोन्यूज
२०७८ फागुन ६ गते १९:१६

काठमाडौं । तत्कालिन विवेकशील पार्टीकी नेतृ रञ्जु दर्शना विवाह बन्धनमा बाँधिन लागेकी छन् । रञ्जुले शुक्रबार इंगेजमेन्ट गरेको तस्विर समाजिक सञ्जालमा राखेकी छन् ।
आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको उनले लेखेकी छन् । उनले किशोर कुइकेल (किसु)सँग इंगेजमेन्ट गरेकी हुन् ।
दियो कलश र गणेश भगवान एवम् परिवारका सदस्यहरु, निकट साथीहरु र सारा ब्राह्मण्ड साक्षी राखि फुलमाला, टिका कार्यक्रम सम्पन्न गरेको रञ्जुले बताइन् ।
‘मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु ।’– उनले लेखेकी छन् ।
विवेकशील पार्टीको संस्थापक नेतृ रञ्जुले केही समयअघि मात्रै विवेकशील साझा पार्टी परित्याग गरेकी थिइन् ।
सम्बन्धित
















झापा पुगेर ओलीले भने – सुरक्षित वातावरण बनाइयाेस्, जुनसुकै अवस्थामा पनि चुनावमा भाग लिन्छौँ
लुम्बिनी प्रदेशसभा सदस्य बनियाँले दिए राजीनामा
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
ग्रिनल्यान्ड विवादमा ट्रम्पको कर धम्कीपछि युरोपको कडा चेतावनी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रतिक्रिया