अक्करमा प्रधानमन्त्री !
सत्तागठबन्धन तोड्दा चुनावसम्म आफुलाई प्रधानमन्त्री ओलीले मान्लान् - नमान्लान् ? विस्वस्त हुन सकिरहेका छैनन् देउवा

‘शेरबहादुरजीको अघि दुई उपाय छन्। एमसिसी पास गराउने हो कि सत्ता नबिग्रियोस् भन्ने हो। यो अप्सन उहाँले नै रोज्नुपर्छ। उहाँले कुन रोज्नुहुन्छ ? एमसिसी पारित गर्ने हो भने गठबन्धन टुट्न सक्ने देख्छु म। गठबन्धनलाई राख्ने हो भने एमसिसी छोड्नुपर्छ।’
कांग्रेसका नेता डा शसांक कोइरालाले देउवाका सामु देखा परेको अप्ठ्यारालाई शुक्रबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै यसरी ब्यक्त गरेका थिए ।
हुन पनि देउवा यतिवेला यही दुईटा उपायमध्ये के गर्ने ? चिन्तित देखिन्छन् । उनी आफ्नै नेतृत्वको सरकारले चार वर्ष अगाडी हस्ताक्षर गरेको एमसीसी सम्झौता संसदवाट फागुन १६ भित्रै पारित गराउने कसरथमा जुटेका छन् ।
त्यसका लागि उनी सत्ता गठबन्धन तोड्न मानसिक रुपमा तयार भईसकेका छन् । तर कतै अहिलेको यो सत्ता गठबन्धन तोड्दा आफै सरकारबाट बाहिरिनुपर्ने परिस्थिती निर्माण हुने पो हो की भन्नेमा पनि उत्तिकै चिन्तित देखिएका छन् ।
जसकाकारण उनी आफनो सुरक्षित भविश्यको पनि खोजी गर्ने, संसदमा एमसीसी टेबल गराएर अनुमोदन गराउने उपायको खोजीमा निक्कै घोत्लिएको देखिएको छ ।
प्रधानमन्त्रीले संसदमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने भनेको ४ फागुनमै हो । तर उनले तैपनि सत्ता गठबन्धनमा थोरै भएपनि सहमतिको आशमा दुई दिन छलफल लब्बाउन चाहे । त्यसपछि उनले ६ फागुनको संसदको बैठकमा एमसीसी टेबल गर्न चाहे । तर फेरि अन्तिम समयमा दुई दिन थप समय लिएका छन् ।
अव ८ फागुनको बैठकमा उनी एमसीसी टेबल गर्न चाहिरहेका छन् । सत्ता गठबन्धन भित्रको माओवादी केन्द्रले एमसीसी यथास्थितीमा टेवल गर्न पनि नदिने र टेवल गरेपनि अनुमोदनमा साथ नदिने वरु सरकारबाट वाहिरिने निर्णय केन्द्रीय कार्यालयको विस्तारित बैठक र संसदीय दलको बैठकवाट लिएपछि प्रधानमन्त्री माओवादी केन्द्रसँग चिढिएका छन् ।
त्यही कारण उनी एमालेसँग सामिप्यता बढाउन चाहिरहेका छन् । तर एमालेसँग सामिप्यता बढाउँदा पनि आफनो सरकारको भविश्य सुरक्षित हुने /नहुने विश्वस्तः हुन चाहिरहेका छन् । जसकाकारण ओलीले माओवादी केन्द्र र एकीकृत समाजवादीसँगको गठबन्धन तोडन अनुरोध गरिरहँदा पनि देउवा निर्णयमा पुग्न सकिरहेका छैनन ।
बालुवाटारमा सत्ता गठबन्धन दलको बैठकमा सहमति नजुटेर सत्ता गठबन्धन नै फुटने देखेपछि प्रधानमन्त्री देउवा विहिवार एमाले अध्यक्ष केपी ओलीलाई भेटन ओलीको निवास बालकोट पुगेका थिए । तर बालकोटमा ओलीले माओवादी र एकीकृत समाजवादीका मन्त्रीलाई हटाउन, संसद विघटन गरी अर्ली इलेक्सन (आउने जेठसम्म चुनाव) मा जान र प्रधानन्यायाधीसमाथी लगाईएको महाअभियोग फिर्ता लिई सभामुखमाथी चँही महाअभियोग लगाउन देउवासँग प्रस्ताव गरेका थिए ।
तर ओलीको त्यस्तो प्रस्तावमा प्रधानमन्त्री थप रनभूल्लमा परेर फर्केका छन् । एमसीसीमा सहयोग गर्न, संसद खुलाउन र सम्भावित सहकार्यका विषयमा छलफलका लागि प्रधानमन्त्री देउवा पत्नी डा आरजु राणालाई साथै लिएर बालकोट पुगेका थिए ।
सत्ता गठबन्धन तोड्दा कतै आफुलाई सरकारबाट एमाले अध्यक्ष ओलीले वर्हिगमन पो गरिदिने हो की भन्ने चिन्ता पनि प्रधानमन्त्रीमा देखिन्छ । माओवादी केन्द्रले एमसीसी टेवल जर्वजस्त गरे सरकारवाट वाहिरिने प्रधानमन्त्रीलाई जवाफ दिईसकेको छ । तर, सरकारलाई वाहिरै बसेर समर्थन गर्ने वचन माओवादीले प्रधानमन्त्री देउवालाई दिएको छ । यसमा प्रधानमन्त्री विस्वस्त हुन नसकेको कांग्रेसका नेताहरु बताउँछन् ।
‘बाहिर बसेर केही समय सहयोग गर्ने, त्यसपछि फेरि एमालेसँग मिलेर सरकार ढाल्नतिर लाग्ने, अनि एमसिसी पास गरेको एक्लो अपजस कांग्रेसमाथि थोपर्ने रणनीति बनाएर कांग्रेसलाई नंग्याउने काममा माओवादी लाग्न सक्छ भन्नेमा प्रधानमन्त्री सचेत देखिनुभएको छ,’ कांग्रेसका एक नेताले भने ।
उनलाई सत्ता गठबन्धन तोडे ओलीले आउने चुनावसम्मै सरकार चलाउन दिने वचन दिएका छन् । तर देउवा त्यसमा विस्वस्त देखिन्नन् । माओवादीले समर्थन फिर्ता लिए वा सरकारबाट वाहिरिए सदनमा विश्वासको मत लिनुपर्ने र त्यस्तो बेला एमालेले साथ नदिए सरकारसँग वहुमत नरहेको अवस्थामा फेरि राष्टपतिले संसदको ठूलो दललाई सरकारको नेतृत्व गर्न अनुरोध गर्ने र ओली फेरि पूर्नस्थापित हुन सक्ने भय प्रधानमन्त्रीमा देखिन्छ ।
जसकाकारण उनी ओलीसँग पनि विस्वस्त हुन सकिरहेका छैनन । प्रचण्डले एमसीसी पारित गराउन साथ नदिएर धोका दिएको वुझाईमा रहेका प्रधानमन्त्री देउवा ओलीसँग विस्वस्त हुन सकिरहेको देखिन्नन ।
ओलीसँग मिल्दा सभामुख फेर्न महाअभियोग लगाउनु पर्ने एमालेको शर्तले थप राजनीति जटिलतामा लाने पनि प्रधानमन्त्रीले वुझेका छन् ।
त्यसमाथी सम्मखुमा रहेको निर्वाचन छ । माओवादी अध्यक्ष प्रचण्ड जुनकुनै गठबन्धन आफनो पोजिसन विर्सेर भएपनि बनाउन माहिर छन भन्ने वुझाईमा पनि प्रधानमन्त्री छन् । आफु रिजिट नरहेको र बालकोट गएर फेरि छलफल गर्न तयार रहेको प्रचण्डले सार्वजनिक सञ्चारमाध्यममा अन्र्तवार्ताकै क्रममा दिईसकेका छन् । प्रचण्डको यस्तो राजनीतिक स्वभाव वुझेका प्रधानमन्त्री देउवामा जुनकुनै बेला एमाले-माओवादी मिल्न सक्ने भय उत्तिकै छ ।
गत संघ तथा प्रदेश सभाको चुनाव अगाडीसम्म आफैसँग सत्ता गठवन्धनमा रहेको माओवादीले एक्काशी सहकार्य छोडेर एमालेसँग चुनावी गठबन्धन बनाएको र चुनावमा कांग्रेसलाई निचोरेको देउवाले भुलेका छैनन।
त्यसमाथी उत्तरी छिमेकी मुलुक चीन दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीको चुनावी गठबन्धन बनाउन कसरथमा लागेको सूचना प्रधानमन्त्रीसँग छ । प्रचण्ड र ओलीका वीचमा दोस्रो तहका नेताहरुका माध्यमवाट तिक्त सम्वन्ध टुटदै पारम्भिक छलफल हुन थालेको सूचना पनि प्रधानमन्त्रीसँग छ ।
आउने चुनाववाट कांग्रेसलाई ठूलो दल बनाउँदै फेरि ५ वर्ष ढुक्कैले प्रधानमन्त्री हुन चाहने देउवाको चाहनामा दुई कम्युनिष्टले फेरि चुनावी गठबन्धन बनाए ठेस लाग्न सक्ने अनुमान उनमा छ । जसकाकारण उनको पहिलो प्राथमिकता सकभर गठबन्धन पनि नतोडियोस र एमसीसी पनि फागुन १६ भित्रे सहज पारित होस् भन्नेमा छ । त्यसैको उपायको खोजीमा उनी यतिवेला छन् ।
यही उपायको खोजीमा उनले महामन्त्री गगन थापामार्फत संसदमा शंकल्प प्रस्ताव पारित गरेर एमसीसी पारित गराउन सकिन्छ की भन्ने कार्ड प्रयोग गरेका थिए । तर त्यसलाई पनि माओवादीले ठाडै अश्वीकार गरिदिएको छ ।
यसले प्रधानमन्त्री तनावमा देखिन्छन् ।
अर्काेतिर कांग्रेस पार्टीभित्र यही गठवन्धन राख्ने या तोडने भन्नेमा दुई थरी मत देखा पर्न थालेको छ । कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्काहरू गठबन्धन टुटाउन नहुने पक्षमा देखिन्छन् । तर ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा, मिनेन्द्र रिजाल लगायत गठबन्धन अव तोडेर जानुपर्ने मत राख्छन् ।
यसो गर्दा माओवादी र एकीकृत समाजवादीलाई चुनावमा गठबन्धनका नाममा भाग छुटटाईरहन नपर्ने, एमसीसी पनि पारित गरेर जान पाइने गठबन्धन तोडनुपर्ने पक्षमा रहेका नेताहरुको वुझाई छ । तर अहिले नेपालले अवलम्बन गरेको चुनाव प्रणालीका कारण कसैको पनि बहुमत नआउने भन्दै कम्युनिष्ट गठबन्धन निर्माण हुन नदिन सचेत हुनुपर्ने पक्षमा भने कांग्रेस करिव एकमत छ ।
तर अव देउवाले गठबन्धन तोडेरै एमसीसीमा विपक्षी एमालेको साथ लिएर अगाडी जान्छन् या गठवन्धनलाई मनाउन अनेक विकल्प खोज्दै एमसीसी पारित गराएर जान्छन् ? त्यो भने केही दिनभित्रै टुंग्गो लाग्ने भएको छ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया