एमसीसीमा लचिलाे
एमसीसी संसदमा टेबल गर्न दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले एमसीसी सम्झौतालाई संसदमा टेबल गर्न दिने निर्णय गरेको छ ।
एकीकृत समाजवादी स्थायी समिति बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको हो ।
एमसीसी संसदमा टेबल गर्न दिए पनि यथास्थितिमा एमसीसी पास गर्न नसकिने निर्णय भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
यसबारे थप निर्णयको अधिकार भने केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको खतिवडाले बताए ।
बैठकले एमसीसी जनताको भावना र राष्ट्रको हित अनुकूल हुने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक निर्णय लिने अधिकार पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । त्यसबारेमा जनताको बीचमा बहस गर्नुपर्ने र जनप्रतिनिधिहरुलाई पनि यसबारे जानकारी दिनुपर्ने प्रवक्ता खतिवडाले बताए ।
‘एमसीसीलाई व्यापक रुपमा आमजनताको बीचको बहस नगरी नहुने र जनताका प्रतिनिधिहरुले यसबारेमा जानकारी नलिई नहुने, यसका कानुनी समस्याहरु र अन्य प्रकारका समस्याहरु थुप्र्रै रहेको र सम्झौंतामा धेरै विरोधाभाष रहेकाले संशोधन गरेर, राष्ट्रहित अनुकूल बनाएर मात्रै यसलाई पारित गर्न सकिन्छ भन्ने पार्टीको धारणा रहेको छ । छलफलका लागि यो सम्झांैता संसदमा टेवल भएमा हामीलाई आपत्ति हुनेछैन र तर संशोधन भने हुनैपर्छ ।’– उनले भने ।
नेकपा (एकीकृत समाजवादी)ले सो सम्झौताबारे अध्ययन गर्न झलनाथ खनाल नेतृत्वको कार्यदल नै गठन गरेको थियो ।
कार्यदलले पनि बैठकमा यथास्थितिमा एमसीसी पारित गर्न नमिल्ने सुझाव दिएको प्रवक्ता खतिवडाले बताए ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले एमसीसी संसदमा टेबल गर्न दिन गठबन्धन दललाई भन्दै आएको थियो । गठबन्धनभित्रैबाट संसदमा टेबल गर्न पनि नदिएको भन्दै कांग्रेसले गठबन्धन तोड्नेसम्मको चेतावनी दिइरहेकाबेला एकीकृत समाजवादी लचिलो बनेको हो ।
गठबन्धनको अर्को घटक नेकपा (माओवादी केन्द्र)ले भने एमसीसी संसदमा टेबल गर्ने विषयमा पनि सहमति जनाएको छैन ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया