काभ्रे कांग्रेस संगठन विस्तार अभियानमा

काठमाडौँ । नेपाली कांग्रेस काभ्रेले यही फागुन पहिलो साता एकहप्ते अभियानमार्फत वडा स्तरमा विभिन्न भातृ, शुभेच्छुक समिति गठन गरेको छ । फागुन १ गतेदेखि सञ्चालित संगठन विस्तार अभियानअन्तर्गत महिला, तरुण, विद्यार्थी, दलित, किसान संघ तथा टोल कार्यसमिति गठन भएको जनाइएको छ ।
जिल्लाका छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् । एकहप्ते अभियानअन्तर्गत शनिबारसम्म महिला, तरुण, विद्यार्थी, दलित, किसान संघ तथा टोल कार्यसमिति गठन भएको पार्टीका जिल्ला उपसभापति रमेशप्रसाद हुमागाईंले बताए । उनका अनुसार करिब ५० प्रतिशत वडा कार्यालय स्थापना गरिएको छ ।
‘करिब ५० प्रतिशत वडामा कार्यालय थिएन, संगठन विस्तारसँगै कार्यालय पनि स्थापना गरेका छौँ, कतिपय स्थानमा अन्य दलबाट कांग्रेस पार्टीमा प्रवेश कार्यक्रम पनि भए,’ उनले भने । नवनिर्वाचित कार्यसमितिको गत माघ अन्तिम साता भएको पहिलो बैठकले वडास्तरमा भातृ संगठन विस्तार र सदस्यता वितरण गरिने निर्णय गरेको थियो ।
पार्टी संगठनलाई सुदृढ एवं चलायमान बनाउने अभियानअन्तर्गत नै गत माघ २९ गते जिल्लास्थित पालिका सभापति र वडा सभापतिका लागि एक दिवसीय प्रशिक्षण कार्यक्रम सकेर पार्टीले संगठन विस्तार अभियान थालेको हो ।
पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत गत असोज पहिलो साता वडा अधिवेशन, दोस्रो साता स्थानीय तह अधिवेशन, मंसिर पहिलो साता प्रदेश क्षेत्रीय अधिवेशन र दोस्रो साता प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशन सम्पन्न भएको थियो ।
















रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
Pokhara targets cities of eastern Nepal to receive domestic tourists
आज गोलभेँडा र रायोसागकाे मूल्य प्रतिकिलो रु ८०,अन्य तरकारिकाे मूल्य कती ?
चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पीपीआर’ खोप लगाइँदै
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया