सत्तागठबन्धनको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक बालुवाटारमा शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केही वेर अगाडीबाट शरु भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी संसदमा अनुमोदनका लागि टेबल गरेर जाने विषयमा छलफलका लागि सत्ता गठबन्धन दलको बैठक शुरु भएको हो ।
प्रधानमन्त्रीले एमसीसी संसदमा लगेर अनुमोदन गराउन चाहेपनि सत्ता गठबन्धन दलका वीचमै सहमति नजुटदा अल्झिरहेको थियो । अढाई वर्ष अगाडी तत्कालिन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सम्झौता सदनमा अनुमोदनका लागि लैजान संसदको विधयक शाखामा दर्ता गराएका थिए । तर दलहरुका वीचमा समझदारी जुटन नसक्दा अल्झिरहेको थियो ।
प्रधानमन्त्री देउवा पछिल्लो पटक फागुन १६ भित्रै सदनबाट एमसीसी अनुमोदन गरेर जाने पक्षमा जुटिरहेका छन् । त्यही क्रममा उनले फागुन ४, फागुन ६ को संसद बैठकमै एमसीसी टेवल गर्न कसरथ गरेका थिए । तर सत्तामै रहेको माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तयार नहुँदा अल्झिरहेको थियो । आजको सत्ता गठबन्धन दलको बैठकमा सहमति नजुटेपनि प्रधानमन्त्री संसदमा टेवल गरेर जाने तयारीमा छन् ।
तर ६ फागुनको बैठकमा नेकपा एसले आज सम्मको समय माग गरेकोले सत्ता गठबन्धनको बैठक आज फेरि बसेको हो । नेकपा एसले संसदमा टेबल गर्न सहमति दिने निर्णय हिजोको स्थायी समिति बैठकबाट गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल नेपाल निवासमा भेटघाट गरेर बालुवाटार पुगेका थिए । अव आजको बैठकमा संसदमा जान सहमति दिने तयारीमा सत्ता गठबन्धन दलका अन्य घटक पनि पुगेको बताईएको छ ।
सहमति जुटेमा दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसी टेबल हुनेछ ।















त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया