शुक्रबार, वैशाख २५, २०८३

एमसीसीसँगै अन्य विधेयक पनि संसदमा लैजानुपर्ने सभामुखको अडान

मेरोन्यूज २०७८ फागुन ८ गते १२:४१

काठमाडौं । सभामुख अग्नि सापकोटाले एमसीसी सँगै संसदमा अन्य विधेयकहरु पनि लैजानुपर्ने अडान लिएका छन् । संसदमा एमसीसी सम्झौता अनुमोदनका लागि टेवल गर्न लैजाने सत्तासिन दलहरुमा सहमति जुटेपछि वसिरहेको कार्यब्यवस्था परामर्श समितिको बैठकमा सभामुख सापकोटाले एम्सीसीमात्रै किन लाने ,अन्य विधेयकहरु पनि सागै लिएर जानुपर्ने अडान लिएका छन् ।

Advertisement
NiccNicc

बैठक स्रोतका अनुसार सभामुखले लिएको त्यस्तो अडानका विषयमा अहिले छलफल चलिरहेको छ ।
विपक्षी एमालेले संसदमा अवरोध जारी राखेका कारण अन्य विधेयकहरु संसदमा टेबल हुन सकेका छैनन । सभामुखले त्यसमा अडान लिईरहेका हुन् ।

‘एमसीसी सदनमा लाने, नलाने विषयमा कार्यब्यवस्थामा पनि विवाद छ, स्रोतले भन्यो, ‘सभामुखले अरु विधेयक नलाने, यो मात्रै किन भन्ने अडान राख्नुभएको छ ।’

प्रतिक्रिया