शुक्रबार, वैशाख २५, २०८३

पैसासँग देश साट्न सकिँदैन : सांसद पौडेल

मेरोन्यूज २०७८ फागुन ८ गते १४:१३

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले हाम्रो ऐन कानुनभन्दा माथि हुने गरी ल्याइएको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) खारेज गर्नु पर्ने बताइन् ।

Advertisement
NiccNicc

‘हाम्रो देशको कानुनभन्दा माथि एमसीसीको कानुन लागु हुने छ,’ उनले भनिन्, ‘उद्योग तथा संस्थासँग उठाउन बाँकी कर उठाऔँ, त्यही पैसाले देश चल्न सक्छ, तर देश पैसासँग साट्न सकिँदैन ।’

नेपाली जनताले देश विकास गर्न आधा पेट खाएर पैसा दिन तयार भएकाले एमसीसी खारेज गर्न उनले माग राखिन् । ‘नेपाली जनता आज सडकमा उत्रिएका छन्, घरमा खाना पकाउने आगो निभाएर सडकमा आगो बालेका छन्,’ उनले भनिन्, ‘त्यसैले एमसीसीलाई खारेज गरी फिर्ता पठाऔँ, देश रहे हामी सबै रहन्छौँ ।’

प्रतिक्रिया