‘संसदमा छलफलपछि मतदानमार्फत मात्र एमसीसी टुंगो लाग्ने हो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विभिन्न बावजुतकाबीच संसदमा एमसीसी संसदमा टेबल भएको बताएका छन् । उनले पहिला नेकपा एमालेको प्रस्ताब गरेको एमसीसी अहिको सरकारले संसदमा पेस गरेको बताए ।
अहिले एमसीसीको भिम रावल जीले विरोध गर्नुभएको छ, रावल जीले अहिले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मालाई पहिला मुद्धाबाद भन्न सक्नुहुन्छ’ उनले प्रश्न गरे ।
उनले सरकारमा पनि बस्ने र सरकारले ल्याएको प्रस्तावमा कोही पक्ष र कोही विपक्षमा लागे जस्तो गरेर पार्टीहरूको डबल स्ट्यान्डर्ड छाड्न आग्रह गरे ।
उनले भने, ‘अब यो प्रक्रिया अगाडि बढ्छ । यो विषय अगाडि बढिरहँदा गठबन्धन रहन्छ, रहँदैन भन्ने हुँदैन । सरकारमा पनि बस्ने अनि सरकारले ल्याएको प्रस्तावको विरोध पनि गर्ने । यो डबल स्ट्यान्डर्ड अब छाड्नुपर्छ । आधाले विपक्षमा लागे जस्तो गर्ने आधाले पक्षमा लागे जस्तो गर्ने यस्तो बन्द गर्नुपर्छ ।’
उनले छलफलपछि मतदानमार्फत एमसीसी टुंगो लाग्ने बताए । उनले भने,‘अन्योल अलमलकाबीचमा अहिले संसदमा टेबल गरान आउँनु भएका साथीहरुले अर्को पटकको संसदमा पक्षमा मतदान गर्ने स्थानमा आईपुग्नु हुनेछ ।’
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया