शेर्पालाई हराउँदा जावलाखेलको रेलिगेसन टर्याे

काठमाडौं । रुपबहादुर लामा र ओन्गुना जुनियरको गोल प्रेरित जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबलाई २–१ अन्तरले पराजित गरेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्राप्त जितसँगै जावलाखेलले रेलिगेसन जोनका सम्भावित डर टारेको छ । जावलाखेलको जितमा रुपबहादुर र जुनियरले गोल गर्दा शेर्पाका अमृत श्रेष्ठले सान्त्वना फर्काए ।
खेलको १५औँ मिनेटमा रुपबहादुरले गोल गर्दै जावलाखेललाई सुरुवाती अग्रता दिलाए । उनको कर्नर प्रहार आकर्षक रुपमा जाली चुमेको थियो । राष्ट्रिय टोलीका गोलरक्षक समेत रहेका दीप कार्कीले उनको प्रहार गोलमा रुपान्तरणा भएको ठम्याउनै सकेनन् । ७१औँ मिनेटमा अमृतले गोल गर्दै हिमालयनलाई १–१ को बराबरीमा ल्याए । प्राप्त बललाई सिक्स यार्ड बक्समा नियन्त्रणमा लिँदै अमृतले बाइसाइकल गोल गरेका थिए ।
निर्धारित समयको खेल सकिन दुई मिनेटअघि ओन्गुनाले गोल गर्दै जावलाखेललाई २–१ को जित दिलाए ।
जितसँगै जावलाखेल १२ खेलबाट १३ अंक सहित नवौँ स्थानमा उक्लिएको छ । समान अंक भए पनि उसले शेर्पालाई हेड टु हेडमा पछि पारेको हो । शेर्पा १०औँ स्थानमा छ ।









कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
सुदूरपश्चिमको लगातार तेस्रो जित
प्रतिक्रिया