संसदमा एमसीसी टेबल, सडकमा ढुंगा हानाहान (फोटोफिचर)
प्रदर्शनकारीमाथि दर्जनौं सेल अश्रुग्यास प्रहार

काठमाडौं । सत्तारुढ दलले विरोधका बाबजुद आइतबार प्रतिनधिसभा बैठकमा एमसीसी प्रस्ताव टेबल गर्दै गर्दा सडकमा आन्दोलन उग्र बनेको छ ।
एमसीसी टेबल गर्न सहमती जनाएका नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का युवाहरु सडकमा एमसीसीविरुद्ध नाराबाजी गर्दै प्रहरीमाथि ढुंगा बर्साइरहेका थिए ।

एमसीसीविरुद्धमा सडकमा नाराबाजी गर्दै आन्दोलनरत सत्तारुढ दुई दलका युवाहरुका साथै राप्रपा तथा ६ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु पनि प्रहरीविरुद्ध आक्रामक प्रदर्शन गरेका थिए ।
प्रहरीले आन्दोलनकारीहरुमाथि रबरको गोली हान्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले हानेको अश्रुग्यास प्रदर्शनकारीहरुले पुनः प्रहरीतिरै फ्याकेका थिए ।

प्रदर्शनकारीले प्रहरीलाई हानेको ढुंगा प्रहरीले पनि आन्दोलनकारीतर्फ फर्काउने गरेका छन् । बानेश्वरदेखि विजुलीबजार तथा बुद्धनगर क्षेत्र दिनभर नै आन्दोलनमय बन्यो ।
प्रहरीले टोलटोलमा छिरेर आन्दोलनकारीलाई खोजीखोजी लाठी बर्साएको छ भने बाटोमा हिड्ने बटुवासमेत प्रहरीबाट कुटिएका छन् ।


















बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया