एमसीसीको विरोध गर्दै चितवन प्रशासन घेराउ

चितवन । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै चितवनमा जिल्ला प्रशासन कार्यालय घेराउ भएको छ ।
एमसीसी खारेजीको माग गर्दै ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आइतबार देशैभरका जिल्ला प्रशासन घेराउको कार्यक्रम राखेका थिए ।
प्रशासन कार्यालय घेराउको कार्यक्रम अन्तर्गत तीन दलहरुले आज जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरेका हुन् ।
प्रशासन घेराउ कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज घननाथ सापकोटाले एमसीसी पास गर्ने धृष्टता संसदीय दलहरुले गरेमा जनताले प्रतिवाद गर्ने बताए ।
यस्तै, नेकपाका सेक्रेटरी मीनप्रसाद सापकोटाले प्रहरी दमनमा उत्रिएमा पहिलो निशाना हुने बताउँदै एमसीसी संसदबाट पास भए सांसदहरूलाई सामाजिक बहिष्कार गरिने बताए ।
यस्तै, नेकपा मसालका जिल्ला प्रवक्ता मेघराज ढकालले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुनेमा जोड दिए ।
















चीनद्वारा समुद्रबाट स्मार्ट ड्रागन–३ रकेटको सफल प्रक्षेपण
सेयर बजारमा सामान्य अंककाे वृद्धि
नेपाल लाइफद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक
उपराष्ट्रपति यादवसँग बङ्गलादेशका राजदूत रहमानको शिष्टाचार भेट
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
प्रतिक्रिया