एमसीसीको विरोध गर्दै चितवन प्रशासन घेराउ

चितवन । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै चितवनमा जिल्ला प्रशासन कार्यालय घेराउ भएको छ ।
एमसीसी खारेजीको माग गर्दै ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले आइतबार देशैभरका जिल्ला प्रशासन घेराउको कार्यक्रम राखेका थिए ।
प्रशासन कार्यालय घेराउको कार्यक्रम अन्तर्गत तीन दलहरुले आज जिल्ला प्रशासन कार्यालय चितवन घेराउ गरेका हुन् ।
प्रशासन घेराउ कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज घननाथ सापकोटाले एमसीसी पास गर्ने धृष्टता संसदीय दलहरुले गरेमा जनताले प्रतिवाद गर्ने बताए ।
यस्तै, नेकपाका सेक्रेटरी मीनप्रसाद सापकोटाले प्रहरी दमनमा उत्रिएमा पहिलो निशाना हुने बताउँदै एमसीसी संसदबाट पास भए सांसदहरूलाई सामाजिक बहिष्कार गरिने बताए ।
यस्तै, नेकपा मसालका जिल्ला प्रवक्ता मेघराज ढकालले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास गर्न नहुनेमा जोड दिए ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया