१३ जना प्रदर्शनकारी प्रहरी नियन्त्रणमा, १० प्रहरी घाइते

काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ ।
संसद् भवन नयाँ बानेश्वर परिसरमा भएको एमसिसी विरोधी प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले बताए ।
प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । प्रहरीका प्रवक्ता केसीका अनुसार प्रहरीतर्फ १० घाइते भएका छन् । प्रदर्शनकारीतर्फ पनि केही व्यक्ति घाइते भएको बताइएको छ ।
भीड नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज, अश्रु ग्यास र पानीको फोहोरा प्रयोग गर्नुका साथै विजुलीबजारमा रबरको गोलीसमेत हानिएको थियो ।
प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गर्नाका साथै सडक अस्तव्यस्त पारेका थिए । बिजुली बजारदेखि बानेश्वर हुँदै तीनकुने पुलसम्म प्रदर्शनकारीको अवरोधले कामकाजी सर्वसाधरणले शास्ती बेहोर्नुपरेको थियो ।
सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गरी उल्लेख्य सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
















लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया