एमसीसीमा माओवादी र नेकपा एसको भद्दा नाटक
मेरोन्यूज
२०७८ फागुन ९ गते ७:२९

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीका विषयमा सत्ता गठबन्धनका दलहरुले भद्दा नाटक गरिरहेको बताएका छन् ।
महासचिव पोखरेलले एमसीसीलाई संसदमा पेस गर्न दिएर त्यसको विरोध गरेको भन्दै माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका गठबन्धनका दलहरुले तयारीसहित मञ्चन गरेको भद्दा नाटक गरेको आरोप लगाएका हुन् । उनले कुनै दलको नाम उल्लेख भने गरेका छैनन् ।
‘विगतमा आफैँ रोक्न लगाउने, आफैँले सहमति गरेर पेस गर्न दिने र आफैँ विरोधमा वक्तव्य दिने कुरा तयारीसहित मञ्चन गरिएको भद्दा नाटक न हो,’ पोखरेलले भनेका छन् ।
यसअघि माओवादी केन्द्र र नेकपा एसले एमसीसी कुनै हालतमा टेबल गर्न नदिने भन्दै रोकेका थिए भने आज सहमति गरेर पेस गर्न दिइएपछि एमाले महासचिव पोखरेलको यस्तो भनाइ सार्वजनकि भएको हो ।
सम्बन्धित












धनुषामा चार हजार ५२७ निर्वाचन प्रहरी भर्ना गरिने
सिमलतालबाट त्रिशुलीमा खसेको बस डेढ वर्षपछि भेटियो
ट्राफिक प्रहरीलाई इन्फ्लुएन्जा विरुद्धको खोप
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया