कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसो मत परिणाम आउने

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार सम्पन्न भएको छ । लामो समयदेखि निर्वाचन स्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र ३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो ।
मतदान अधिकृतको अपहरण तथा नेताहरूमा देखिएको मत विभाजनले अन्य क्षेत्रमा अधिवेशन हुँदा पनि क्षेत्र नम्बर ३ विवादित बन्दै आएको थियो । जिल्लाको मनरासिस्वा ८ र बल्वा नगरपालिकामा पनि अधिवेशन समपन्न भएको छ ।
योसँगै जिल्ला अधिवेशनका लागि आकांक्षीको सहभागी हुन पाउने बाटो खुल्ला भएको छ । अहिले पिपरामा मतगणना भइरहेको छ । दिउँसो १ बजेसम्म नतिजा आइसक्ने जिल्लाका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।
सभापतिमा रागवेन्द्र झा र लवराजा सिंहबीच प्रतिस्पर्धा भइरहेको छ । उक्त पदमा दुई जनाको मात्र उम्मेदवारी परेको थियो । विभिन्न वडा र पालिकाबा मतदान गर्न पाउने अधिकार प्राप्त गरेका जम्मा पाँच सय ३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।
















सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुँदैछ कारोबार ?
कोशी अस्पतालमा ‘ब्लड बैंक’ स्थापनाको तयारी
राना थारू समुदायमा परम्परागत पहिरन लगाउने चलन लोप हुँदै
रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्ध : एक नेपालीको निधन, २० जना घाइते र सात पक्राउ
प्रतिक्रिया