सोमबार, पुष २८, २०८२

कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन सकियो, दिउँसो मत परिणाम आउने

मेरोन्यूज २०७८ फागुन ९ गते १२:०४

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार सम्पन्न भएको छ । लामो समयदेखि निर्वाचन स्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र ३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो ।

मतदान अधिकृतको अपहरण तथा नेताहरूमा देखिएको मत विभाजनले अन्य क्षेत्रमा अधिवेशन हुँदा पनि क्षेत्र नम्बर ३ विवादित बन्दै आएको थियो । जिल्लाको मनरासिस्वा ८ र बल्वा नगरपालिकामा पनि अधिवेशन समपन्न भएको छ ।

योसँगै जिल्ला अधिवेशनका लागि आकांक्षीको सहभागी हुन पाउने बाटो खुल्ला भएको छ । अहिले पिपरामा मतगणना भइरहेको छ । दिउँसो १ बजेसम्म नतिजा आइसक्ने जिल्लाका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।

सभापतिमा रागवेन्द्र झा र लवराजा सिंहबीच प्रतिस्पर्धा भइरहेको छ । उक्त पदमा दुई जनाको मात्र उम्मेदवारी परेको थियो । विभिन्न वडा र पालिकाबा मतदान गर्न पाउने अधिकार प्राप्त गरेका जम्मा पाँच सय ३४ जनाले मतदान गरेको जिल्ला सभापति महेन्द्र राय यादवले जानकारी दिए ।

प्रतिक्रिया