बतासलाई धर्मशालाबाट हटाउन बाटो खुल्ला

काठमाडौं । बतास समूहको होटल आनन्द प्रालिलाई पशुपति धर्मशालाबाट हटाउन बाटो खुलेको छ ।
पशुपति धर्मशाला सञ्चालनमा कुनै अवरोध नपु¥याउन आदेश माग गर्दै होटल आनन्द प्रालिले दिएको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको इजलासले उक्त आदेशलाई निरन्तरता नपर्ने आदेश दिएको हो ।
यसअघि न्यायाधीश नरिश्वर भण्डारीको इजलासले पशुपति क्षेत्र विकास कोष लगायत सरकारी निकायलाई धर्मशाला सञ्चालनमा अवरोध नगर्नू भन्दै अल्पकालीन आदेश दिएको थियो ।
पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा पशुपति विकास कोषले धर्मशाला सञ्चालनमा अवरोध पु¥याउन खोजेको र यो करार सम्झौता प्रतिकूल हुने भन्दै होटल आनन्द प्रालिले पाटन अदालतमा रिट दायर गरेको थियो ।
उच्च अदालतको अल्पकालीन आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा छलफल गर्न सोमबार अदालतले दुवै पक्षलाई बोलाएको थियो ।
पशुपति क्षेत्रमा १७ रोपनी जग्गामा फैलिएको धर्मशाला २०७६ वैशाख ३० गते बतास समूहको होटल आनन्दलाई दस वर्ष लिजमा दिने सम्झौता भएको थियो ।
धर्मशाला सञ्चालन गरेबापत् कम्पनीले मासिक ८ लाख ७८ हजार ४१६ रूपैयाँ तिर्दै आएको थियो ।
















६ जिल्लामा श्रम संस्कृति पार्टीकाे अग्रता
कुलमानलाई पराजित गर्दै काठमाडौँ–३ बाट रास्वपाका पाण्डे विजयी
कतारी नौसेना बहराइनमा सुरक्षित
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
आजकाे विदेशी मुद्राको विनिमयदर : युराे घट्याे
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
प्रतिक्रिया