स्थानीय तह निर्वाचनको तयारी गर्न प्रचण्डको यस्तो सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको तयारी गर्न प्रदेश कमिटीलाई सर्कुलर गरेका छन् ।
प्रदेश इन्चार्ज र अध्यक्षलाई सम्बोधन गरि पठाएको सर्कुलरमा केन्द्रीय समितिको बैठकबाट विस्तृत योजना र कार्यक्रम नबन्दासम्म संगठनात्मक काम र स्थानीय तहको निर्वाचनको कामलाई प्रभावकारी बनाउन भनिएको छ ।
सर्कुलरमा जिल्ला समन्वय समिति, नगर, गाउँ, वडा लगायतका पार्टी समिति, परिषद तथा विभागलाई पूर्णता दिन निर्देशन गरिएको छ ।
हरेक वडामा सक्षम, इमान्दार र लोकप्रिय उम्मेदवारको रोष्टर तयार गर्न पनि प्रचण्डले निर्देशन दिएका छन् । साथै गत स्थानीय तहको निर्वाचन मत परिणामको तथ्यांकगत आधारमा समिक्षा गर्ने तथा विजय पराजयको आधार र कारणहरुको पहिचान गर्न पनि भनिएको छ ।
प्रचण्डले पठाएको उक्त परिपत्रमा वडामा सकारात्मक प्रभाव पार्ने ब्यक्तिहरु, स्थानीय शिक्षक, कर्मचारी, स्थानीय क्लवमा आवद्ध युवाहरु, विभिन्न धार्मिक समूह र प्रतिष्ठानसँग आवद्ध ब्यक्तिहरु, ज्योतिष, धामी–झाँक्री, धर्मगुरुहरुको नामावली संकलन गर्ने तथा उनीहरुको राजनीतिक सुझाव आवश्यकता एवम् समस्याहरुको पहिचान गर्न पनि निर्देशन दिइएको छ ।


















ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
नेपाली मूलका विदेशी नागरिकलाई विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया