भारतीय सेनामा कार्यरत नेपाली परिवारको कल्याणको लागि भारतले काम गर्छः भारतीय राजदूत क्वात्रा

काठमाडौं । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले भारतीय सेनामा कार्यरत नेपालीको परिवारको कल्याणमा भारतले काम गर्ने बताएका छन् ।
भारतको ७४ औं सेना दिवसको अवसरमा मंगलबार काठमाडौंस्थित भारतीय दूतावासले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गोर्खा सैनिकप्रति कृतज्ञता समेत प्रकट गरे ।
‘भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै वहाँ (क्वात्रा)ले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका तिनका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता दोहोयाउँने छ,’ भारतीय दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा राजदूत क्वात्राले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गरेका थिए ।
दूतावासले मंगलबार आयोजना गरेको कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिका रुपमा रहेका थिए ।













कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया