लोसपाको शीर्ष नेताहरुको बैठक, एमसीसीबारे छलफल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) शीर्ष नेताहरुको छलफल काठमाडौंको बबरमहलस्थित पार्टी कार्यालयमा बसिरहेको छ ।
पार्टीभित्रको विवादका कारण लामो समयदेखि बैठक बस्न सकेको थिएन । बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्लालगायत सहभागी रहेका छन् ।
बैठकमा देशको समसामयीक राजनीतिक अवस्थाका साथै संसदमा आइतबार पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्तावबारेमा छलफल चलिरहेको छ ।
पछिल्लो समय पार्टीमा आन्तरिक विवाद चर्किएपछि लोसपाका कार्यकारिणी सदस्य वृषेशचन्द्र लाल तथा डा.विजय सिंह लगायत पार्टी छाडेर तराई मधेस लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए ।
प्रदेश, जिल्ला तथा स्थानीय तहमा गरिएको मनोनयनप्रति पार्टीभित्र विवाद भएको हो । पार्टी अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले मनोनयन गरेको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।













इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
देउवा निवासमा छलफलपछि ज्ञानेन्द्र कार्कीले भने – पार्टी एकढिक्का राख्न संवादको ढोका खुला छ
नेपाल प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कोरला नाकामा ठूलो परिमाणमा भेप बरामद
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया