नेपाल स्काउटको केन्द्रीय कार्यालयमा तोडफोड

काठमाडौं । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा एक अपरिचित समूहले कार्यालय तोडफोड र चोरी गरेको छ ।
मंगलबार दिउँसो स्काउटको कार्यालयमा एक अपरिचित समूह प्रवेश गरी स्काउटका कर्मचारीलाई हातापात गरि तोडफोड गरेको छ । साथै तोडफोडपछि त्यो समूहले चोरी समेत गरेको नेपाल स्काउटले बताएको छ ।
मंगलबार नेपाल स्काउटले पत्रकार सम्मेलन गरि तोडफोड पछि त्यो समूहले चोरी गरेको जानकारी दिएको छ ।
स्काउटको स्वामित्वमा रहेको जग्गा र व्यवसायीक भवनहरु खड्का ल्याण्ड डेभलपमेण्टले भाडामा लिएर अवैध संरचना बनाएको त्यसलाई रोक्न खोज्दा खड्का ल्याण्ड डेभलपमेण्टका मान्छेहरुले नै स्काउट कर्मचारी तथा कार्यालयमा नै तोडफोड गरेको आरोप नेपाल स्काउटले लगाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले खड्काल्याण्ड डेभलपमेण्ट प्रा.ली.ले भाडा बापत ३ करोड १७ लाख ८ हजार ९ सय १० रुपैयाँ भाडा नतिरेकाले तीर्न ताकेता गर्दा एक समूहले कार्यालयमा तोडफोड गरेको बताए ।
उनले खड्काल्याण्ड डेभलपमेण्टले भाडा पनि नतिर्ने तर स्काउटको सम्पत्तिमा अवैध संरचना बनाएकाले त्यसलाई रोक्न खोज्दा पूर्वराज्यमन्त्री समेत रहेका दीपक खड्काको नेतृत्वमा आएको एक समूहले कार्यालयमा तोडफोड गरेको आरोप लगाए ।
भण्डारीले अवैधानिक रुपमा बनाइएका संरचनाहरु हटाउन आग्रह गर्दा प्रालिका संचालक खड्काकै नेतृत्वमा राज्यको सार्वजनिक सम्पत्ति माथि तोडफोड भएको बताए ।
उनले पछिल्लो समय नेपाल स्काउटले बालबालिका र युवाको नेतृत्व विकास तथा सम्पत्तिको संरक्षण गर्न नयाँ ढङगबाट अगाडि बढ्दा यस्तो अवस्था आएको बताए ।
भण्डारीले सार्वजनिक सम्पत्ती कब्जा गर्ने मनसाय स्काउट तोडफोड गर्ने घटनामा संलग्न व्यक्तिहरुलाई यथासक्य छिटो पक्राउ गरि कानुनी दायरामा ल्याई हदै सम्मको कारवाही गर्न माग सरकारसँग माग गरेका छन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया