हुम्ला निर्वाचन कार्यालयको कामकाज बिदामा जारी रहने

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ । निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार कार्यालय बिहान ९ देखि बेलुका ६ बजेसम्म खुला रहनुका साथै बिदाको दिनमा पनि सोही समयसम्म कामकाज हुने रानाले बताए । उक्त सेवा निर्वाचनका समयसम्म जारी रहनेछ । हाल मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई नयाँ परिचयपत्र दिने काम भइरहेको छ ।
आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा निवेदन दिनेले नयाँ मतदाता परिचयपत्र पाउने कार्यालयले जनाएको छ ।
हाल कार्यालयमा पाँच कर्मचारी खटिएका छन् । कामको चाप हेरी कर्मचारी थप्ने तयारी गरिएको कार्यालयले जनाएको छ । फागुन १९ गते जिल्लाका ४४ वटै वडाका मतादाताको नामावली प्रकाशित हुने र त्यसपछि २५ गतेसम्म दाबी विरोधको कार्यक्रम सञ्चालन हुने रानाले जानकारी दिए ।
हुम्लाको मतदाता सङ्ख्या ३२ हजार ९८३ रहेको छ । विसं २०७४ को निर्वाचनमा २९ हजार ३८८ मतदाता थिए । रासस













कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
पार्टी विभाजन नहोस् भन्नेमा सचेत छुः कोइराला
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया