प्रचण्डले भने – ‘षड्यन्त्र र भ्रमको जालो चिरेर हामीहरु विजयी हुनेछौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले षड्यन्त्र र भ्रमको जालो चिरेर विजयी हुने बताएका छन् । अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेका बताएका हुन् ।
‘विश्व ईतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानौ सत्ता उल्ट्याउन भरपुर कोशिश गर्छन, अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौ,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
आईतबार संसदमा एमसीसी पेस भएको छ । भने बिहिबार संसदमा एमसीसीको विषयमा छलफल हुदै छ । संसदमा आफुहरु कसरी प्रस्तुत हुने विषयमा प्रचण्डले गठबन्धनका शिर्ष नेताहरुसँग संसदमा एमसीसी पक्षमा वा विपक्षयमा मतदान गर्ने विषयमा छलफल गरिहेका छन् ।
यता, प्रधानमन्त्री शेरबहादुर देउवाले आफु निकट नेताहरुलाई एमसीसीको पक्षमा बहुमत जुटाउँन अन्य दलहरुसँग छलफल गर्न पठाईरहेका छन् । आजै बिहान गृहमन्त्री बालकृष्ण खाँणलाई प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीको विषयमा छलफल गराउँन प्रधानमन्त्री देउवाले पठाएका थिए । भने मंगलबार ओली प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।













NC leadership urged to take ownership of Special General Convention
समानुपातिक सूचीबाट १८ दलका १६४ उम्मेदवारले लिए नाम फिर्ता
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया