प्रचण्डले भने – ‘षड्यन्त्र र भ्रमको जालो चिरेर हामीहरु विजयी हुनेछौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले षड्यन्त्र र भ्रमको जालो चिरेर विजयी हुने बताएका छन् । अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेका बताएका हुन् ।
‘विश्व ईतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरी पुरानौ सत्ता उल्ट्याउन भरपुर कोशिश गर्छन, अहिले नेपालमा क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ । उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौ,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन् ।
आईतबार संसदमा एमसीसी पेस भएको छ । भने बिहिबार संसदमा एमसीसीको विषयमा छलफल हुदै छ । संसदमा आफुहरु कसरी प्रस्तुत हुने विषयमा प्रचण्डले गठबन्धनका शिर्ष नेताहरुसँग संसदमा एमसीसी पक्षमा वा विपक्षयमा मतदान गर्ने विषयमा छलफल गरिहेका छन् ।
यता, प्रधानमन्त्री शेरबहादुर देउवाले आफु निकट नेताहरुलाई एमसीसीको पक्षमा बहुमत जुटाउँन अन्य दलहरुसँग छलफल गर्न पठाईरहेका छन् । आजै बिहान गृहमन्त्री बालकृष्ण खाँणलाई प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसीको विषयमा छलफल गराउँन प्रधानमन्त्री देउवाले पठाएका थिए । भने मंगलबार ओली प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।















अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
आज (शुक्रबार) का लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया