ललितपुर मेयर महिला क्रिकेट: एपीफकाे लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बलमा तीन चौका प्रहार गरिन् । ममता चौधरीले १४, ओपनर ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रन बनाइन् ।
सुदूरपश्चिमकी ईश्वरी विष्टले दुई र रितु कनौजियाले एक विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । सुदूरपश्चिमकी कविता कुँवरले सर्वाधिक १८ रन जोडिन् । यस्तै, बिन्दु थापा र डोल्ली भट्टले समान ११ रन बनाए ।
एपीएफकी सोनु खड्काले तीन विकेट लिइन् । यसबाहेक सीता रानामगर र करुणा भण्डारीले समान दुई विकेट लिँदा राजमती ऐरीले एक विकेट लिइन् । जितसँगै समूहमा एपीएफ दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा प्रदेश १ र लुुम्बिनी प्रदेशले एक खेलबाट बिना अंक रहेका छन् ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया