ललितपुर मेयर महिला क्रिकेट: एपीफकाे लगातार दोस्रो जित

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्यो । एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बलमा तीन चौका प्रहार गरिन् । ममता चौधरीले १४, ओपनर ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रन बनाइन् ।
सुदूरपश्चिमकी ईश्वरी विष्टले दुई र रितु कनौजियाले एक विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रनमा समेटियो । सुदूरपश्चिमकी कविता कुँवरले सर्वाधिक १८ रन जोडिन् । यस्तै, बिन्दु थापा र डोल्ली भट्टले समान ११ रन बनाए ।
एपीएफकी सोनु खड्काले तीन विकेट लिइन् । यसबाहेक सीता रानामगर र करुणा भण्डारीले समान दुई विकेट लिँदा राजमती ऐरीले एक विकेट लिइन् । जितसँगै समूहमा एपीएफ दुई खेलबाट चार अंक बनाउँदै शीर्षस्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा प्रदेश १ र लुुम्बिनी प्रदेशले एक खेलबाट बिना अंक रहेका छन् ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया