संसदको भोलिको कार्यसूचीः मन्त्री जनार्दन शर्माले एमसीसी छलफलको प्रस्ताव गर्ने
मेरोन्यूज
२०७८ फागुन ११ गते १६:१४

काठमाडौं । प्रतिनिधिसभाको विहीबार बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारेमा छलफल हुने भएको छ ।
संसद सचिवालयले आज सार्वजनिक गरेको कार्यसूचिमा अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश भएको एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख छ ।
आइतबार एमसीसी प्रस्ताव अर्थमन्त्री शर्माले पेश गर्ने कार्यसूची भए पनि शर्माले अस्वीकार गरेपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेश गरेका थिए ।
प्रतिनिधिसभाको बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा दुई वटा कार्यसूची मात्रै रहेको संसद सचिवालयले जनाएको छ ।
पहिलो कार्यसूचीमा महान्यायाधीवक्ताको वार्षिक प्रतिवेशन संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले पेश गर्ने उल्लेख छ ।
संसद बैठकअघि विहीबार विहान ११ बजे कार्यब्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।
यस्ताे छ, कार्यसूची

सम्बन्धित
















सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया