खोटाङमा एमसीसीको विषयमा सडक जनमत संग्रह

खोटाङ । अनेरास्ववियु (क्रान्तिकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत संग्रह गरेको छ ।
एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो ।
सडकमै मत पेटिका राखेर गरिएको जनमत संग्रहमा कुल २०७ मत खस्दा १९२ मत एमसीसी पारित गर्नुहुन्न भन्ने पक्षमा र १४ मत एमसीसीको पारित गर्नुपर्छ भन्ने पक्षमा मत खसेको अनेरास्ववियु (क्रान्तिकारी)का नेता पारस बिराटले बताए ।
खसेका मत मध्ये एक मत बदर भएको छ । एमसीसी यथास्थितिमा पास नगर्नका लागि दबाब सिर्जना गर्न पनि सडक जनमत सङ्ग्रह गरिएको नेता पारस बिराटले बताए ।
‘स्वाधीन देशमाथि हमला भइरहेको छ । हामी त्यसलाई परास्त गर्न लडिरहेका छौं । सत्ताको आगो ताप्नेलाई एमसीसी पास गर्नुहुन्न भनेर खबरदारी गरिरहेका छौं, उनीहरूलाई सुनाउनका लागि जनमत सङ्ग्रह गरिएको हो,’ पारस बिराटले भने । उनले सत्तामा बस्नेले जनता एमसीसीको विपक्षमा रहेको कुराको हेक्का राख्नुपर्ने बताए।
‘एमसीसीको पक्षमा हामी छैनौं । कुर्सीको प्रलोभनमा बस्नेले एकचोटी सुनुन्, स्वतन्त्रता सम्झिउन्, सार्वभौमसत्ता सम्झिउन्, संविधान सम्झिउन्, लाखौं सहीदको बलिदानबाट आएको संविधान सम्झिउन् । एमसीसीले देशको सार्वभौमसत्तामा दूरगामी असर गर्नेवाला छ,’ उनले भने ।
सडक जनमत सङ्ग्रहको परिणामलाई जिल्ला प्रशासन कार्यालयमार्फत सरकार समक्ष पठाइने अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ । सडक जनमत सङ्ग्रहको मत सडकमै गणना गरिएको थियो ।















पर्वतमा जिप दुर्घटना हुँदा चालकको मृत्यु
मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
प्रतिक्रिया