यस्तो छ सत्तारुढ माओवादीको आन्दोलन तयारी

काठमाडौं । सत्ता गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र)ले विहीबार पनि जनवर्गीय संगठनहरुलाई सडक आन्दोलनमा उतार्ने भएको छ ।
पार्टीका युवा संगठन वाईसीएल, मजदुर र विद्यार्थी संगठनले संयुक्तरुपमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने भएका छन् । प्रदर्शनको मुल नेतृत्व वाईसीएलले गर्ने भएको छ ।
जबस मोर्चाको मंगलबार बैठक बसेर आन्दोलनका लागि योजनाहरु बनाएका हुन् । वैठकको निर्णयअनुसार वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दिपशिखाको नेतृत्वमा जगत सिंखडा, सुमन देवकोटा र पञ्चा सिंहसहित जबस मोर्चाका नेताहरुले प्रदर्शनको अगुवाई गर्ने भएका छन् ।
विहीबार विहान ११ बजे माइतीघरको सुमार्गी कम्प्लेक्स अगाडि जम्मा भएर नयाँ बानेश्वर एभरेष्ट होटल अगाडि पुगेर विरोधसभा गरिने जनाइएको छ । प्रदर्शनका क्रममा मुल ब्यानरमा जबस मोर्चाका सिनियर तथा पदाधिकारीबाहेक अरुलाई बस्न नदिने पनि बैठकको निर्णय छ ।
उनीहरुले आन्दोलन शान्तिपूर्ण बनाउनका लागि लेखिएका र बाँडिएका निश्चित नारा मात्रै लगाउने, प्रहरी हस्तक्षेप भएमा सम्बन्धित कमाण्डबाट आदेश पालना गर्ने जस्ता मापदण्ड पनि बनाएका छन् ।
आन्दोलनमा सहभागीलाई कुनै समस्या भएमा वाईसीएलका प्रकाश पाण्डे, मजदुरका मुकुन्द र विद्यार्थीका नेता राजकुमार याक्सोलाई सम्पर्क गर्न पनि निर्देशन गरिएको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया