मंगलबार, माघ ६, २०८२

विशेष अदालतका लागि ६ न्यायाधीसको नाम सिफारिस

मेरोन्यूज २०७८ फागुन ११ गते २१:११

काठमाडौं । न्याय परिषद्ले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ न्यायाधीसको नाम सिफारिस गरेको छ ।

बुधबार कामु धानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बसेको न्याय परिषद्को बैठकले विशेष अदालतको अध्यक्ष र सदस्यका लागि ६ जना न्यायाधीसको नाम सिफारिस गरेको हो ।

बैठकले विशेष अदालतको अध्यक्षका लागि १ जना र सदस्यका लागि ५ जना न्यायाधीसको नाम सिफारिस गरेको हो ।

Advertisement
thakur moters insidethakur moters inside

विशेष अदालतको अध्यक्षका लागि न्यायाधीश श्रीकान्त पौडेल तथा सदस्यका लागि न्यायाधीशहरुमा रमेशकुमार पोखरेल, यमुना भट्टराई, सालिग्राम कोइराला, बलभद्र बास्तोला तथा डा. खुसीप्रसाद थारुको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया