प्रधानमन्त्री भेट्न पुगे प्रचण्ड
माधव, झलनाथ र उपेन्द्र यादवसँगको छलफल लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन्

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने नगर्ने विषयमा सत्ता गठबन्धन दलकै बीचमा कुरा नमिलेरहेका बेला सत्ता गठबन्धन अब टिक्ने नटिक्नेमा सरकारका प्रमुख दुई घटक कांग्रेस र माओवादीका पार्टी नेतृत्व अहिले छलफलमा बसेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निम्तोमा प्रचण्ड यतिबेला प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधनमन्त्रीले सत्ता गठबन्धन जोगाउने भए एमसीसी सम्झौता अनुमोदनका लागि प्रचण्डलगायत सत्ता गठबन्धन दलका नेताहरूसँग सहयोग माग गरिरहेका छन् । तर, माओवादी केन्द्र, एकीकृत समाजवादीले प्रधानमन्त्रीको त्यस्तो प्रस्तावमा साथ दिइरहेका छैनन् ।
संसदमा आजदेखि एमसीसीका विषयमा सैद्धान्तिक छलफल गराउने र अनुमोदन गराउने तयारीमा प्रधानमन्त्री छन् ।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । तर त्यसअगाडि एमसीसीलाई अब संसदीय प्रक्रियामा के कसरी लैजाने भन्ने विषयमा छलफल गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठक शुरु हुनै लाग्दा बालुवाटारमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा भेटवार्ता भएको हो ।
सत्ता गठबन्धन अब टिक्ने नटिक्ने विषयमा यो वार्तालाई निर्णायक वार्ताका रुपमा लिइएको छ । प्रधानमन्त्रीले गृहमन्त्री वालकृष्ण खाँण र उपसभापति पूर्णबहादुर खड्कालाई अलग अलग रुपमा मंगलबार साँझ र बुधबार बिहान प्रचण्डको निवासमै पठाएर अब एमसीसीका विषयमा ठोस निर्णय दिन बुधबार साँझसम्मको अल्टिमेटम जस्तै दिन लगाएका थिए ।
सत्ता गठबन्धन ले साथ नदिए प्रधानमनत्री गठबन्धन तोडेर एमालेका केही शर्त मानेर भएपनि एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् ।
प्रचण्ड प्रधानमन्त्रीलाई भेटन जानु अगाडी सिंहदरवारमा आफ्नै संसदीय दलको कार्यलयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलमा बसेका थिए । सोही छलफल चलिरहँदा प्रधानमन्त्रीले भेटका लागि बोलाएपछि प्रचण्ड बालुवाटार गएको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।
प्रचण्ड र देउवा वीचको छलफल चलिरहँदा माधव नेपाल पनि निम्ताइएका छन् । अहिले एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि बालुवाटार पुगेका छन् । प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालको अहिले छलफल चलिरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले नै बोलाउनुभएपछि अहिले अध्यक्ष, प्रधानमन्त्री र माधव नेपालको वीचमा बालुवाटारमा छलफल भईरहेको छ, प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया