प्रधानमन्त्री भेट्न पुगे प्रचण्ड
माधव, झलनाथ र उपेन्द्र यादवसँगको छलफल लगत्तै प्रचण्ड बालुवाटार पुगेका हुन्

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) सम्झौता सदनबाट पारित गर्ने नगर्ने विषयमा सत्ता गठबन्धन दलकै बीचमा कुरा नमिलेरहेका बेला सत्ता गठबन्धन अब टिक्ने नटिक्नेमा सरकारका प्रमुख दुई घटक कांग्रेस र माओवादीका पार्टी नेतृत्व अहिले छलफलमा बसेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको निम्तोमा प्रचण्ड यतिबेला प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । प्रधनमन्त्रीले सत्ता गठबन्धन जोगाउने भए एमसीसी सम्झौता अनुमोदनका लागि प्रचण्डलगायत सत्ता गठबन्धन दलका नेताहरूसँग सहयोग माग गरिरहेका छन् । तर, माओवादी केन्द्र, एकीकृत समाजवादीले प्रधानमन्त्रीको त्यस्तो प्रस्तावमा साथ दिइरहेका छैनन् ।
संसदमा आजदेखि एमसीसीका विषयमा सैद्धान्तिक छलफल गराउने र अनुमोदन गराउने तयारीमा प्रधानमन्त्री छन् ।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । तर त्यसअगाडि एमसीसीलाई अब संसदीय प्रक्रियामा के कसरी लैजाने भन्ने विषयमा छलफल गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठक शुरु हुनै लाग्दा बालुवाटारमा प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका बीचमा भेटवार्ता भएको हो ।
सत्ता गठबन्धन अब टिक्ने नटिक्ने विषयमा यो वार्तालाई निर्णायक वार्ताका रुपमा लिइएको छ । प्रधानमन्त्रीले गृहमन्त्री वालकृष्ण खाँण र उपसभापति पूर्णबहादुर खड्कालाई अलग अलग रुपमा मंगलबार साँझ र बुधबार बिहान प्रचण्डको निवासमै पठाएर अब एमसीसीका विषयमा ठोस निर्णय दिन बुधबार साँझसम्मको अल्टिमेटम जस्तै दिन लगाएका थिए ।
सत्ता गठबन्धन ले साथ नदिए प्रधानमनत्री गठबन्धन तोडेर एमालेका केही शर्त मानेर भएपनि एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् ।
प्रचण्ड प्रधानमन्त्रीलाई भेटन जानु अगाडी सिंहदरवारमा आफ्नै संसदीय दलको कार्यलयमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलमा बसेका थिए । सोही छलफल चलिरहँदा प्रधानमन्त्रीले भेटका लागि बोलाएपछि प्रचण्ड बालुवाटार गएको माओवादी केन्द्रका एक नेताले बताएका छन् ।
प्रचण्ड र देउवा वीचको छलफल चलिरहँदा माधव नेपाल पनि निम्ताइएका छन् । अहिले एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि बालुवाटार पुगेका छन् । प्रधानमन्त्री, प्रचण्ड र माधव नेपालको अहिले छलफल चलिरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले नै बोलाउनुभएपछि अहिले अध्यक्ष, प्रधानमन्त्री र माधव नेपालको वीचमा बालुवाटारमा छलफल भईरहेको छ, प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया