फुकेन एमसीसीको गाँठो
प्रधानमन्त्रीले गरे प्रचण्डको प्रस्ताव अस्वीकार
संसदीय प्रक्रिया तत्कालका लागि रोकौं : प्रचण्ड, भोट हाल्नुस, अव रोकिदैन : प्रधानमन्त्री

काठमाडौँ । अमेरिकी सहायता परियोजना एमसीसीले सत्तागठबन्धन दलमा उल्झन ल्याईरहेका बेला प्रधानमन्त्री शेरवहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का वीचमा भेटवार्ता भएको छ । दिउँसो संसदमा एमसीसी माथीको संसदीय प्रक्रिया आरम्भ हुने भएपछि प्रधानमन्त्रीले प्रचण्डलाई भेटनका लागि बालुवाटार बोलाएका थिए ।
सत्तागठबन्धनका वीचमा अनुमोदन गराउने साझा धारणा बनाएर एमसीसी पनि पारित हुने र गठबन्धन पनि आउने चुनावसम्मै कायम गर्ने बाटोवाट जानका लागि प्रधानमन्त्रीले प्रचण्डसग छलफल गरेका थिए । प्रचण्ड सिंहदरवारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरी प्रधानमन्त्री देउवासँग छलफलका लागि बालुवाटार पुगेका थिए ।
तर दुवै नेता पहिलेकै अडानमा कायम रहेका कारण एमसीसीमा परेको सत्तागठबन्धनभित्रको गाँठो अझै नफुकेको हो ।
त्यसपछि छलफल धेरै लामो समय नचलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रचण्डले एमसीसीको आज देखि संसदमा शुरु हुन लागेको संसदीय प्रक्रिया तत्कालका लागि रोक्न प्रधानमन्त्री देउवासँग आग्रह गरेका थिए । संसदमा एमसीसी टेबल भएकै छ, अहिले तत्कालका लागि संसदीय अन्य प्रक्रिया रोकौं, चुनावपछि छलफल गरौला, अहिले सत्तागठबन्धन जोगाएरै जाऔं, प्रचण्डले प्रधानमन्त्रीसमक्ष प्रस्ताव गरेका थिए ।
तर प्रचण्डको त्यस्तो प्रस्ताव प्रधानमन्त्रीले अश्वीकार गरेको प्रधानमन्त्रीको सचिवालयले बतायो ।
प्रधानमन्त्री देउवाले भने अव आफु धेरै अगाडी वढेको र गठबन्धन जोगाउनकै लागि भएपनि एमसीसीको पक्षमा भोट हाल्न आग्रह गरेका थिए । प्रधानमन्त्रीले अनुमोदन प्रक्रिया अव संसदमा अगाडी वढ्छ बरु भोट हाल्नुस अन्यत्रका कुरा नगर्नुस भनेर प्रचण्डलाई भन्नुभयो, प्रधानमन्त्रीको सचिवालयले बतायो ।
तर प्रधानमन्त्रीको त्यस्तो प्रस्तावमा पनि प्रचण्डले मान्य नभएको बताएका थिए । संसदीय प्रक्रिया अगाडी बढे आफुहरु विपक्षमा उभिने प्रचण्डले फेरि पनि प्रधानमन्त्रीलाई अवगत गराएका थिए















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया