देउवा र ओलीबीच साँझ सात बजे फेरि बैठक बस्ने
'अब गठबन्धनबाट पार लाग्दैन'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक साँझ ७ बजे बस्नेगरी नेताहरु बैठक स्थलबाट बाहिरिएका छन् ।
बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि साँझ ७ बजे फेरि छलफल गर्ने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले बताए । ‘उनले भने,‘ अब गठबन्धनबाट पार लाग्दैन। एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन। यो गठबन्धन अघि जाँदैन। धरापमा पुगेको छ ।’
गठबन्धन संकटमा परेसँगै प्रतिपक्ष दल एमालेसँगको सहकार्यमा संसद् अघि बढाउने बताए । यसका लागि कांग्रेसले संसद् खुलाउन पहल गरिरहेको छ । उसले एमालेले राखेको मागहरूको विषयमा कांग्रेसले एमालेसँग संवाद अघि बढाउने भएको छ । छलफलमा कांग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् । भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी रहेका थिए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया