देउवा र ओलीबीच साँझ सात बजे फेरि बैठक बस्ने
'अब गठबन्धनबाट पार लाग्दैन'

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक साँझ ७ बजे बस्नेगरी नेताहरु बैठक स्थलबाट बाहिरिएका छन् ।
बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि साँझ ७ बजे फेरि छलफल गर्ने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले बताए । ‘उनले भने,‘ अब गठबन्धनबाट पार लाग्दैन। एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन। यो गठबन्धन अघि जाँदैन। धरापमा पुगेको छ ।’
गठबन्धन संकटमा परेसँगै प्रतिपक्ष दल एमालेसँगको सहकार्यमा संसद् अघि बढाउने बताए । यसका लागि कांग्रेसले संसद् खुलाउन पहल गरिरहेको छ । उसले एमालेले राखेको मागहरूको विषयमा कांग्रेसले एमालेसँग संवाद अघि बढाउने भएको छ । छलफलमा कांग्रेसबाट देउवासहित सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महामन्त्री गगन थापा सहभागी छन् । भने एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी रहेका थिए ।












कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया