मंगलबार, पुष २९, २०८२

नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न दिदैनौं

मेरोन्यूज २०७८ फागुन १२ गते १८:१४

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्षले नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका छन् ।

बुधबार चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय सम्पर्क विभागका उप-प्रमुख चेङ झाऊसँग भएको भिडियो कुराकानीमा नेपालले नेपाली भूमिमा कुनै पनि शक्तिलाई चीनविरुद्ध पृथकतावादी गतिविधि गर्न नदिने बताएका हुन् ।

भिडियो कुराकानीमा झाओले दुबै मुलुक र दलबीचको सम्बन्धको प्रशंसा गरेका थिए । उनले नेपालले दृढतापूर्वक ‘एक चीन नीति’ अख्तियार गर्दै आएको पनि बताएका थिए ।

प्रतिक्रिया