मंगलबार, पुष २९, २०८२

जसपाका दुई नेता बोकेर बाबुराम पनि देउवा भेट्न बालुवाटारमा

मेरोन्यूज २०७८ फागुन १२ गते १८:४४

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरवहादुर देउवासँगको छलफलका लागि भट्टराई पार्टीका थप दुई नेता बोकेर अहिले बालुवाटार पुगेका हुन् ।

भट्टराई जसपाभित्र एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा छन् । भट्टराईले कृषिमन्त्री महिन्द्र राय यादव र नेता इस्यिाक राईलाई बोकेर बालुवाटार पुगेका हुन् । जसपाभित्र चर्काे अन्तरविरोध चर्केका बेला भट्टराई कृषिमन्त्री महिन्द्र राय यादव र जसपा नेता इस्यिाक राईलाई साथ लिएर प्रधानमन्त्रीसँगको बार्ताका लागि बालुवाटारमा पुगेका हुन् ।

जसपाको केन्द्रीय कार्याकारिणी समितिको बैठक भोलिका लागि बोलाईएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र भट्टराईका वीचमा अस्वस्थ्य द्दन्द्द चर्केपछि पार्टी विभाजनको डिलमा पुगेको छ । यादव एमसीसी यथास्थितीमा पारित गर्न नहुने प्रचण्ड र माधव नेपालसँग सहमत छन् । यादव उनीहरु दुई नेतासँगको वाक्लो सम्वादमा पनि छन् । तर भट्टराई भने एमसीसी पास गर्नुपर्ने भन्दै देउवासँगको सम्वादमा छन् ।

भट्टराईलाई यस अगाडी कांग्रेसका पूर्णवहादुर खडकाले उनकै निवासमा पुगेर भेट गरेका थिए ।

प्रतिक्रिया