बुद्धनगरको झडपका घाइते अबस्थी खतरामुक्त,न्यूरोमा अप्रेसनको तयारी

काठमाडौं । एमसीसी विरुद्धको आन्दोलनका क्रममा काठमाडौंको बुद्धनगरको झडपमा परी एक जना गम्भिर घाइते भएका थिए । डडेलधुरा घर भएका गम्भिर घाइते २८ वर्षीय हेमराज अवस्थी अहिले उपचारका क्रममा छन् ।
उनी खतरामुक्त रहेको जनाईएको छ । टाउकोमा चोट लागेर उनको रगत जमेका कारण अप्रेसनको तयारी भईरहेको छ । यद्यपी स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकहरुलाई उदधृत गदै प्रहरीले जनाएको छ ।
उनलाई घाइते भएपछि शुरुमा नजिकै रहेको एभरेष्ट अस्पतालमा लगिएको थियो । तर त्यहाँ उनको उपचार हुन नसकेपछि ट्रमा सेन्ट्ररमा लगिएको थियो ।
त्यसपछि अहिले उनलाई अप्रेसनका लागि फेरि न्यूरो अस्पतालमा ल्याईएको छ ।
घाइते हेमराज अवस्थी डडेल्धुराका माओवादी केन्द्रका कार्यकर्ता रहेको जनाइएको छ । टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् । अवस्थीका बुवा वडा सचिव रहेको जनाइएको छ ।
बानेश्वर वुद्दनगरस्थित प्रर्दशनमा प्रहरीले प्रहार गरेको अश्रुग्याँसका क्रममा भएको झडपमा परी उनी घाइते भएका थिए ।

















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया