बुद्धनगरको झडपका घाइते अबस्थी खतरामुक्त,न्यूरोमा अप्रेसनको तयारी

काठमाडौं । एमसीसी विरुद्धको आन्दोलनका क्रममा काठमाडौंको बुद्धनगरको झडपमा परी एक जना गम्भिर घाइते भएका थिए । डडेलधुरा घर भएका गम्भिर घाइते २८ वर्षीय हेमराज अवस्थी अहिले उपचारका क्रममा छन् ।
उनी खतरामुक्त रहेको जनाईएको छ । टाउकोमा चोट लागेर उनको रगत जमेका कारण अप्रेसनको तयारी भईरहेको छ । यद्यपी स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकहरुलाई उदधृत गदै प्रहरीले जनाएको छ ।
उनलाई घाइते भएपछि शुरुमा नजिकै रहेको एभरेष्ट अस्पतालमा लगिएको थियो । तर त्यहाँ उनको उपचार हुन नसकेपछि ट्रमा सेन्ट्ररमा लगिएको थियो ।
त्यसपछि अहिले उनलाई अप्रेसनका लागि फेरि न्यूरो अस्पतालमा ल्याईएको छ ।
घाइते हेमराज अवस्थी डडेल्धुराका माओवादी केन्द्रका कार्यकर्ता रहेको जनाइएको छ । टीकाथलीमा बस्दै आएका उनी डडेलधुरा नवदुर्गा ५ का स्थायी वासिन्दा हुन् । अवस्थीका बुवा वडा सचिव रहेको जनाइएको छ ।
बानेश्वर वुद्दनगरस्थित प्रर्दशनमा प्रहरीले प्रहार गरेको अश्रुग्याँसका क्रममा भएको झडपमा परी उनी घाइते भएका थिए ।













कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
काठमाडौंका यी ठाउँमा आज २ घण्टासम्मम बिजुली आपूर्ति बन्द हुने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया