सहमतिमा मात्रै एमसिसी पास गर्नु पर्छ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन् । कैलालीको धनगढीमा युवासंघ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताएका हुन् ।
उनले एमसिसीका कारण देशमा राजनीतिक संकट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नु पर्ने धारणा राखे । अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनु पर्ने कुरामा जोड दिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताए । उनले भने, ‘समाजवादीका मन्त्रीहरु एमसिसीका पक्षमा मत जाहेर गर्छन् भन्ने हल्ला चलाइएको छ, हामी पार्टीले जे निर्णय गर्छ, त्यही हाम्रो अन्तिम निर्णय हुनेछ, हामी आफूखुशी केही गर्नेवाला छैनौँ ।’
यसैगरी मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि आफूले काम गरेको जानकारी दिए । धनगढी विमान स्थलसहित देशभरिमा रहेका विमान स्थलको स्तरोन्नतिका लागि मन्त्रालय हरहमेशा लागिपरेको उनको भनाइ थियो ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया