मंगलबार, पुष २९, २०८२

एक लाख ३० हजार घुससहित कर्मचारी र बिचौलिया पक्राउ

मेरोन्यूज २०७८ फागुन १३ गते ८:३३

काठमाडौँ । मालपोत कार्यालय चाबहिलबाट एक लाख ३० हजार घुससहित कर्मचारी र दुई बिचौलिया पक्राउ परेका छन् । खरिदार लक्ष्मण बस्नेत, लेखापढी व्यवसायी विनोद श्रेष्ठ तथा होटेल व्यवसायी मीना मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पक्राउ गरेको हो ।

जग्गा नामसारी गर्नका लागि भन्दै खरिदार बस्नेतले आलटाल गरी घुस मागेको आयोगले जनाएको छ । उनीसँग एक लाख तथा होटेल व्यवसायी मगरसँगबाट ३० हजार घुस बरामद भएको छ ।

चाबहिलको मुस्ताङ थकाली भान्साघरबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रतिक्रिया