शुक्रबार, वैशाख २५, २०८३

जसपाको बैठक बस्दै : यस्ता छन् एजेण्डा

मेरोन्यूज २०७८ फागुन १३ गते ८:४९

काठमाडौँ । आन्तरिक विवादका कारण लामो समयदेखि हुन नसकेको जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आजदेखि सुरु हुँदै छ ।

Advertisement
NiccNicc

बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक सुरु हुन लागेको हो । बैठकमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सहित स्थानीय तहको निर्वाचनसम्मको एजेण्डामा छलफल हुने छ ।

‘आजको बैठकमा एमसीसी, स्थानिय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्नेलगायत एजेण्डा तय भएका छन्,’ कार्यकारिणी सदस्य प्रशान्त सिंहले भने, ‘साथै, समसमायिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।’

उनका अनुसार पार्टी विभाजन भएपछि केन्द्रीय विभागदेखि अन्य संरचना तय नभएकाले सो बारेमा पनि छलफल हुने छ ।

प्रतिक्रिया