माओवादी शीर्ष नेताको बैठक खुमलटारमा जारी
सत्तागठबन्धनको ७ महिने समिक्षा र सरकारबाट वाहिरिने विषयमा छलफल केन्द्रीत

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निवास खुमलटारमा बैठक विहान ९ वजेदेखि जारी छ ।
अमेरिकी परियोजना एमसीसी कम्याक्ट सम्झौता जसरी पनि पारित गर्ने गरी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवा अगाडी वढेपछि सत्तागठबन्धन करिव टुटेको छ । तर औपचारिक घोषणा मात्र हुन वाँकी छ ।
विगतमा संविधान मिच्ने काम गरेको, लोकतन्त्र सिध्याउन लागिपरेको र लोकतन्त्र र संविधानको रक्षाका लागि एकगठ हुनुपर्ने निश्कर्षसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्टिय जनमोर्चाले गठबन्धन निर्माण गरेका थिए ।
अहिले एमसीसी पास गर्न सत्ता गठबन्धनमै सहमति नजुटेपछि प्रधानमन्त्री तथा प्रधानमन्त्रीको दल नेपाली कांग्रेसले प्रतिपक्षी दल एमालेसँग राजनीतिक कोर्स नयाँ शिराबाट अगाडी वढाउने र नयाँ धुव्रिकरण गर्ने गरी सहमति उन्मुख बार्ता गरेपछि गठबन्धन करिव टुटेको छ ।
माओवादी केन्द्रले गठबन्धन अन्यत्र उदेश्यका साथ बनेको भएपनि एमसीसीमा सवै पार्टीका आ आफना अडान र निणएय अनुसार संसदीय प्रक्रियामा लैजान गरेको आग्रह कांग्रेसले नमानी जसरी पनि पारित गर्नुपर्ने अडान लिएपछि सत्तागठबन्धन करिव टुटेको हो ।
गत असार २९ मा देउवा गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका थिए ।
त्यसयताको समिक्षा पनि गर्ने र अव सरकारबाट वाहिरिने विषयमा केन्द्रीत रहेर माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक शुरु भएको माओवादीका एक शीर्ष नेताले मेरोन्यूजलाई जानकारी दिए ।
कांग्रेस र एमालेका वीचमा विहिवार भएको दुई चरणको वार्तामा माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुलाई हटाउने र गठबन्धन तोडने विषयमा करिव सहमति उन्मुख वार्ता भएको नेताहरुले बताईरहेका बेला माओवादी पनि आन्तरिक छलफलमा बसेको हो ।
माओवादी केन्द्रले एमसीसी सदनमा अनुमोनदको प्रक्रियामा लगेको दिन देखि सरकार छोडने औपचारिक निर्णय नै गरिसकेको थियो । सदनमा आज देखि यो विषयमा सैद्धान्तिक छलफलको प्रक्रिया शुरु हुँदैछ ।
माओवादीले केन्द्रीय कार्यालयको बैठक बोलाउँदा नै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई अब सरकार छोडनुपर्ने मानसिकता बनाउन निर्देशन गरिसकेको थियो ।
अहिले जारी माओवादी बैठकले गर्ने निर्णयका आधारमा माओवादी सरकारबाट आजै वाहिरिने या के गर्ने भन्ने निर्णय आउने ति नतोले बताए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया