मंगलबार, पुष २९, २०८२

माओवादी शीर्ष नेताको बैठक खुमलटारमा जारी

सत्तागठबन्धनको ७ महिने समिक्षा र सरकारबाट वाहिरिने विषयमा छलफल केन्द्रीत

मेरोन्यूज २०७८ फागुन १३ गते १०:०१

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको विस्तारित बैठक बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को निवास खुमलटारमा बैठक विहान ९ वजेदेखि जारी छ ।

अमेरिकी परियोजना एमसीसी कम्याक्ट सम्झौता जसरी पनि पारित गर्ने गरी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरवहादुर देउवा अगाडी वढेपछि सत्तागठबन्धन करिव टुटेको छ । तर औपचारिक घोषणा मात्र हुन वाँकी छ ।

विगतमा संविधान मिच्ने काम गरेको, लोकतन्त्र सिध्याउन लागिपरेको र लोकतन्त्र र संविधानको रक्षाका लागि एकगठ हुनुपर्ने निश्कर्षसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र राष्टिय जनमोर्चाले गठबन्धन निर्माण गरेका थिए ।

अहिले एमसीसी पास गर्न सत्ता गठबन्धनमै सहमति नजुटेपछि प्रधानमन्त्री तथा प्रधानमन्त्रीको दल नेपाली कांग्रेसले प्रतिपक्षी दल एमालेसँग राजनीतिक कोर्स नयाँ शिराबाट अगाडी वढाउने र नयाँ धुव्रिकरण गर्ने गरी सहमति उन्मुख बार्ता गरेपछि गठबन्धन करिव टुटेको छ ।

माओवादी केन्द्रले गठबन्धन अन्यत्र उदेश्यका साथ बनेको भएपनि एमसीसीमा सवै पार्टीका आ आफना अडान र निणएय अनुसार संसदीय प्रक्रियामा लैजान गरेको आग्रह कांग्रेसले नमानी जसरी पनि पारित गर्नुपर्ने अडान लिएपछि सत्तागठबन्धन करिव टुटेको हो ।

गत असार २९ मा देउवा गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका थिए ।
त्यसयताको समिक्षा पनि गर्ने र अव सरकारबाट वाहिरिने विषयमा केन्द्रीत रहेर माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक शुरु भएको माओवादीका एक शीर्ष नेताले मेरोन्यूजलाई जानकारी दिए ।

कांग्रेस र एमालेका वीचमा विहिवार भएको दुई चरणको वार्तामा माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुलाई हटाउने र गठबन्धन तोडने विषयमा करिव सहमति उन्मुख वार्ता भएको नेताहरुले बताईरहेका बेला माओवादी पनि आन्तरिक छलफलमा बसेको हो ।

माओवादी केन्द्रले एमसीसी सदनमा अनुमोनदको प्रक्रियामा लगेको दिन देखि सरकार छोडने औपचारिक निर्णय नै गरिसकेको थियो । सदनमा आज देखि यो विषयमा सैद्धान्तिक छलफलको प्रक्रिया शुरु हुँदैछ ।

माओवादीले केन्द्रीय कार्यालयको बैठक बोलाउँदा नै पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई अब सरकार छोडनुपर्ने मानसिकता बनाउन निर्देशन गरिसकेको थियो ।

अहिले जारी माओवादी बैठकले गर्ने निर्णयका आधारमा माओवादी सरकारबाट आजै वाहिरिने या के गर्ने भन्ने निर्णय आउने ति नतोले बताए ।

प्रतिक्रिया