एमालेको माग पूरा गर्नेबारे कांग्रेसको बैठक बस्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको माग सम्बोधन गर्नेबारे छलफल थालेको छ । स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार एमालेको माग सम्बोधन गर्नेबारे छलफल गरेको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले जसरी भए पनि अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गराउने भन्दै एमालेसँग साथ मागेका थिए । बिहीबार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक स्थगित गराएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।
छलफलमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई आफ्नो माग सम्बोधन गरे एमसीसी पास गराउन साथ दिने वचन दिएका थिए । ओलीको वचनसँगै प्रधानमन्त्री देउवाले आज बिहानै एमालेको माग सम्बोधन गर्न भन्दै छलफल थालेका हुन् ।
एमालेले विगत छ महिनादेखि प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ । आफूहरूले कारबाही गरेको माधवकुमार नेपालसहित १४ सांसदलाई पदबाट बर्खास्त गर्नु पर्ने वा सभामुख अग्निप्रसाद सापकोटाको विकल्प खोज्न एमालेले माग राख्दै आएको छ ।
सोही विषयबारे छलफल गर्न प्रधानमन्त्रीले पार्टीका शीर्ष नेताहरूलाई बैठकमा बोलाएका हुन् । सत्ता साझेदारी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा संसदबाट एमसीसी पास गर्न नसक्ने अडान लिएसँगै कांग्रेसका नेताहरूले एमालेसँग सहकार्य गरी अगाडि जाने बताउँदै आएका थिए ।
यसैबीच, आजै सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रसहित दलहरू आफ्नो पार्टीको बैठकमा जुटेको छ । सोही क्रममा माअोवादीले एमसीसी र सरकार छाड्नेसम्मको विषयमा छलफल गर्ने भएको छ ।
यस्तै, सत्ता गठबान्धन दल जनता समाजवादी पार्टी (जसपा)को बैठक बस्ने भएको छ । बैठकमा एमसीसीसहित आगामी निर्वाचनबारे छलफल गर्ने भएको छ ।












अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया