मंगलबार, पुष २९, २०८२

आगामी १५ गतेसम्म संसद बैठक स्थगित

मेरोन्यूज २०७८ फागुन १३ गते १२:२९

काठमाडौँ । प्रतिनिधिसभा (संसद) बैठक आगामी १५ गतेसम्म स्थगित भएको छ । सूचना टाँसेर संसद स्थगित गरेको हो ।

आज शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि आगामी १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको लोसपाका सांसद् लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रतिक्रिया