प्रचण्ड-माधव पालैपालो देउवा भेट्न बालुवाटारमा
सिंहदरवारमा माधव नेपालसँग छोटो भेट गरेर प्रचण्ड प्रधानमन्त्री भेटन बालुवाटार पुगेका छन

काठमाडौं । एमसीसी सम्झौताले सत्ता गठबन्धन नै धर्मराउने प्रयास भएपछि गठबन्धनमै रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीच पालैपालो प्रधानमन्त्रीसाग भेट गर्न वालुवाटार दौडाह शुरु भएको छ । विहान माधव नेपालले प्रधानमन्त्री भेटेका थिए । अहिले प्रचण्ड बालुवाटार पुगेका छन् ।
सिंहदरवारमा माधव र प्रचण्डका वीचमा छोटो सम्वाद भएपछि प्रचण्ड बालुवाटार लागेका हुन् ।
माधव नेपाल धनगढीको पार्टी कार्यक्रमा सहभागी हुन हिजो विहिवार पर्यटन मन्त्री प्रेम आलेसहित धनगढी पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पार्टी कार्यक्रम छोटटाएर आजै काठमाडौं फर्केका थिए ।
नेपाललाई कार्यक्रम छोटाएर काठमाडौं फर्किन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि विहानै टेलिफोन गरी आग्रह गरेका थिए । दुई नेतावीच प्रधानमन्त्रीको एमसीसी जसरी पनि पारित गर्ने हठभित्र रहेर कुनै न कुनै विकल्पमा छलफल गर्नुपर्ने देखिएको भन्दै यसमा गम्भिर छलफल आवश्यक देखिएको विश्लेषण भएको थियो ।
तयसपछि धनगढीवाट काठमाडौं फर्केका नेपालले एयरपोर्टबाट सिधै बालुवाटार पुगेर प्रधानमन्त्रीसँग झण्डै एक घण्टा लामो समयसम्म संवाद गरेका थिए । प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गरेपछि आफना पार्टीका शीर्ष नेतासँग संसदीय दलको कार्यलयमा अध्यक्ष नेपालले भेट गरेका थिए । त्यो भेटघघाट सकेपछि प्रचण्ड र माधव नेपालका वीचमा भेटवार्ता भएकको थियो ।
भेट नेकपा एसको संसदीय दलको कार्यलयमा शुरु भएको छ ।
कांग्रेसले एमसीसी पारित गराउन जे पनि गर्ने र आवश्यक परे प्रतिपक्षी एमालेको माग समेत सम्वोधन गरेर जाने गरी तयारी गरेपछि एमाले कांग्रेस समिकरण बन्न नदिन माओवादी र एकीकृत समाजवादी लागेका छन् ।
त्यही आधारमा दुवै पार्टीका अध्यक्षले केपी ओलीसाग सम्झौता हतारिएर नगर्न आग्रह गर्न खोजेका छन् ।
















ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया