नारायणकाजी भन्छन्– एमसीसीको विपक्षमा मतदान गर्छौं, बहिष्कार गर्ने कुरा गलत हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीले संसदमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् ।
एमसीसीबारे मतदान हुँदा पार्टीले संसद बाहिष्कार गर्नेबारेमा छलफल हुँदा श्रेष्ठले असहमति जनाउँदै विपक्षमा मतदान गर्नुपर्नेमा जोड दिएका थिए ।
नेता श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमसीसीबारे मतदान हुँदा आफ्नो पार्टीले संसद बहिष्कार गर्ने र यथास्थितिमा प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत भएको जनाएका छन् ।
पार्टीको आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलबाट एमसीसी सम्झौताका बारेमा निकालेको निश्कर्ष र लिएको निर्णय स्पष्ट रहेको नेता श्रेष्ठको भनाइ छ ।
एमसीसी सम्झौता संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्नेमा कायम रहेको उनले स्पष्ट गरेका छन् ।
यसअघि एमसीसी टेबल गरिएमा सरकार छाड्छौं भनी नेता श्रेष्ठले नै यसअघि अभिब्यक्ति दिएको भन्दै सामाजिक सञ्जालको उक्त स्टाटसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले श्रेष्ठको आलोचना गरेका छन् ।
















लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र सञ्चालनमा
पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो सुरु हुँदै
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
नवनिर्वाचित सांसद गजुरेल र शर्मालाई नेपाल अटोमोबाइल्स एसोसिएसनको शुभकामना
कार्की आयोगको प्रतिवेदन तत्काल सार्वजनिक हुनुपर्छ : गगन थापा
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
प्रतिक्रिया