नारायणकाजी भन्छन्– एमसीसीको विपक्षमा मतदान गर्छौं, बहिष्कार गर्ने कुरा गलत हो

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीले संसदमा एमसीसीको विपक्षमा मतदान गर्ने बताएका छन् ।
एमसीसीबारे मतदान हुँदा पार्टीले संसद बाहिष्कार गर्नेबारेमा छलफल हुँदा श्रेष्ठले असहमति जनाउँदै विपक्षमा मतदान गर्नुपर्नेमा जोड दिएका थिए ।
नेता श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमसीसीबारे मतदान हुँदा आफ्नो पार्टीले संसद बहिष्कार गर्ने र यथास्थितिमा प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत भएको जनाएका छन् ।
पार्टीको आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलबाट एमसीसी सम्झौताका बारेमा निकालेको निश्कर्ष र लिएको निर्णय स्पष्ट रहेको नेता श्रेष्ठको भनाइ छ ।
एमसीसी सम्झौता संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्नेमा कायम रहेको उनले स्पष्ट गरेका छन् ।
यसअघि एमसीसी टेबल गरिएमा सरकार छाड्छौं भनी नेता श्रेष्ठले नै यसअघि अभिब्यक्ति दिएको भन्दै सामाजिक सञ्जालको उक्त स्टाटसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले श्रेष्ठको आलोचना गरेका छन् ।












प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस महामन्त्रीमा विश्वप्रकाश र प्रदीप पौडेलले दिए उम्मेदवारी
Gold and silver prices soar today,too
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया