सशांकले गरे एमालेसँग गठबन्धन सरकारको संकेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सशांक कोइरालाले नेपाली कांग्रेस र एमालेबीच बठबन्धन बन्ने संकेत गरेका छन् ।
शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद कोइरालाले एमसीसी पास भएपछि एमालेसँग गठबन्धन हुन सक्ने सम्भावना औंल्याएका हुन् ।
एमसीसीकै कारण सत्ता ध्रुवीकरणको अवस्था आएको उनले बताए । एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै उनले त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताएका हुन् । तर पनि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागिरहेको कोइरालाले बताए ।
उनले एमालेको सहयोगबाट एमसीसी संसदबाट नै पास हुने दाबी गरे ।
‘शेरबहादुरजीको अन्तिम प्रयास एमसीसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ । त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ ।’– कोइरालाले भने ।
कोइरालाले एमसीसीको पक्षमा वकालत गर्दै एमसीसी नेपालको लागि राम्रो भएको दाबी गरे । ‘नौ देशहरुमा एमसीसी लागू भइसकेको छ, त्यहाँ अमेरिकाको न सेना आएको छ, न त्यहाँ कुनै हस्तक्षेप भएको छ । मंगोलिया जस्तो देशमा पनि एमसीसी बरकरार छ, त्यसकारण एमसीसी हाम्रो लागि राम्रो हो ।’ – उनले भने ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया