सशांकले गरे एमालेसँग गठबन्धन सरकारको संकेत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सशांक कोइरालाले नेपाली कांग्रेस र एमालेबीच बठबन्धन बन्ने संकेत गरेका छन् ।
शुक्रबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद कोइरालाले एमसीसी पास भएपछि एमालेसँग गठबन्धन हुन सक्ने सम्भावना औंल्याएका हुन् ।
एमसीसीकै कारण सत्ता ध्रुवीकरणको अवस्था आएको उनले बताए । एमसीसी संसदबाट नै पास हुने दाबी गर्दै उनले त्यसपछि नेकपा एमालेसँग गठबन्धन सरकार बन्न सक्ने बताएका हुन् । तर पनि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन र एमसीसी पास गर्न अन्तिमसम्म लागिरहेको कोइरालाले बताए ।
उनले एमालेको सहयोगबाट एमसीसी संसदबाट नै पास हुने दाबी गरे ।
‘शेरबहादुरजीको अन्तिम प्रयास एमसीसी पनि पास गराऔँ, गठबन्धन पनि नटुटाऔँ भन्ने हुन्छ । त्यही प्रयास निरन्तर अहिले पनि चलिरहेको छ ।’– कोइरालाले भने ।
कोइरालाले एमसीसीको पक्षमा वकालत गर्दै एमसीसी नेपालको लागि राम्रो भएको दाबी गरे । ‘नौ देशहरुमा एमसीसी लागू भइसकेको छ, त्यहाँ अमेरिकाको न सेना आएको छ, न त्यहाँ कुनै हस्तक्षेप भएको छ । मंगोलिया जस्तो देशमा पनि एमसीसी बरकरार छ, त्यसकारण एमसीसी हाम्रो लागि राम्रो हो ।’ – उनले भने ।













Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
भरतपुर अस्पतालमा बिरामीको चाप
कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया