मंगलबार, माघ ६, २०८२

प्रचण्ड–बामदेव भेटवार्ता

मेरोन्यूज २०७८ फागुन १३ गते १८:५९

काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले शुक्रबार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
एमसीसीका विषयमा दलहरुबीच रस्साकस्सी चलिरहेकाबेला गौतमले प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । उनले प्रचण्डलाई भेटेर पछिल्लो राजनीतिक गतिरोधका विषयमा छलफल गरेको बताइएको छ ।
प्रचण्डको सचिवालयका अनुसार दुई नेताबीच राष्ट्रिय राजनीतिमा देखिएको संकटका विषयमा पनि छलफल भएको छ । साथै दुई नेताबीच संसद्मा दर्ता भएको एमसीसीका विषयमा समेत छलफल भएको छ ।
दुई नेताबीच सौहार्दपूर्ण भेटघाट भएको बताइएको छ ।

प्रतिक्रिया